मधेशलाई उत्पादन, पूर्वाधार र सांस्कृतिक पर्यटनको केन्द्र बनाउने सरकारी लक्ष्य
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, विचार, समाचार
वीरगञ्ज, जेठ १६ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेश प्रदेश तथा तराई–मधेश क्षेत्रको कृषि, सिँचाइ, पूर्वाधार, खानेपानी, खेलकुद र पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा मधेशलाई उत्पादन, कनेक्टिभिटी र सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरिएको हो।
बजेटअनुसार सुनकोशी–मरिण डाइभर्सन आयोजनाबाट सिञ्चित हुने एक लाख २२ हजार हेक्टर क्षेत्रलाई आधार बनाएर ‘मध्य मधेश चतुर्भुज’ निर्माण गरिनेछ। हुलाकी राजमार्ग तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सडक विस्तार, पुल निर्माण तथा कृषि र औद्योगिक विकासलाई गति दिने कार्यक्रम अघि सारिएको छ।
रेल पूर्वाधारतर्फ बर्दीबासदेखि काठमाडौं–तराई मधेश द्रुतमार्गको प्रारम्भिक बिन्दुसम्म रेलमार्ग विस्तार गरिने तथा जनकपुर–जयनगर–बर्दीबास रेलमार्गको बाँ...















