आत्महत्या दुरुत्साहन आरोपमा दुई पक्राउ
कल्याणपुर (सप्तरी), चैत २० — छात्रावासमा भएको कुटपिट घटनापछि एक युवकलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धिरेन्द्र प्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० स्थायी घर भई हाल खडक–७ स्थित फुलेश्वर पब्लिक बोर्डिङ स्कुलमा कार्यरत ४१ वर्षीय भोला मण्डल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चैत ७ गते राति खडक–७, कल्याणपुरस्थित सो विद्यालयको छात्रावासमा बस्दै आएका धिरेन्द्र साहसँग मोबाइल फेला परेपछि विद्यालय सञ्चालक चौधरी र उनका सहयोगीले मोबाइल मागेका थिए। ‘साथीको हो’ भन्दै दिन नमानेपछि साहमाथि कुटपिट गरिएको थियो।
कुटपिटपछि पीडितलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा फरार रहेका दुवै जनालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।
पक्...















