नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन
काठमाडौँ — नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा सर्जिकल अंकोलोजिस्ट डा. प्रकाशराज न्यौपानेको ६४ वर्षको उमेरमा निधन भएको छ। पित्त नलीमा हुने क्यान्सर (कोलान्जिओ कार्सिनोमा)बाट पीडित रहेका उनको आज बिहान ५:५८ बजे पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
डा. न्यौपाने पछिल्लो एक वर्षदेखि क्यान्सरसँग संघर्षरत थिए र पछिल्ला एक महिना पाटन अस्पतालमै उपचाररत थिए। उनको उपचारमा मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही नेतृत्वको टोली संलग्न थियो। डा. शाहीले डा. न्यौपानेको निधनले नेपालको क्यान्सर उपचार क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन्।
डा. न्यौपाने पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला तथा छालासम्बन्धी क्यान्सरको शल्यक्रियामा विशेषज्ञ थिए। उनले नेपालमा सर्जिकल अंकोलोजीको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। भक्तपुर क्यान्सर अस्पतालमा...















