शिक्षा

वैशाखभित्रै सार्वजनिक हुने एसइई नतिजा, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै सार्वजनिक हुने एसइई नतिजा, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको अन्तिम तयारी सुरु गरेको छ। गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य परीक्षा सम्पन्न भएसँगै सुरु गरिएको कार्यालयले जनाएको छ। बोर्डका अनुसार वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार हाल ३५ जना कर्मचारी टेबुलेसन कार्यमा खटिएका छन्। उनले निर्धारित समयभित्रै नतिजा प्रकाशन गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको बताए। ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था रहेको छ। गत वर्ष नियमित तथा स्तरवृद्धितर्फ गरी कुल पाँच ...
प्रधानन्यायाधीश सिफारिस विवादमा रास्वपा सांसद खत्रीको टिप्पणी : ‘कर्मले मान्छे ठूलो हुन्छ’

प्रधानन्यायाधीश सिफारिस विवादमा रास्वपा सांसद खत्रीको टिप्पणी : ‘कर्मले मान्छे ठूलो हुन्छ’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, शिक्षा, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्री ले प्रधानन्यायाधीश नियुक्ति सिफारिसलाई लिएर भइरहेको बहसमाथि टिप्पणी गरेका छन्। उनले उमेर वा वरियताभन्दा व्यक्तिको कर्म र क्षमता महत्वपूर्ण हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद खत्रीले प्रतिस्पर्धामा धेरै व्यक्ति हुँदा जोसुकैले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गरे। उनले ‘चार नम्बरले जित्न हुँदैन’ भन्ने तर्क गर्नु उचित नहुने बताएका छन्। ‘मैदानमा छ जनालाई दौडाएपछि जसले पनि जित्न सक्छ। चार नम्बरले जित्न हुँदैन भनेर रुनुको अर्थ छैन। मान्छे उमेरले होइन, कर्मले श्रेष्ठ हुन्छ,’ उनले लेखेका छन्। उनले न्याय र विवेक निष्पक्ष भए मानिसले यही समाजमा स्वर्ग र नर्कको अनुभूति गर्न सक्ने धारणा पनि राखेका छन्। मानिस मरेपछि कहाँ जान्छ भन्ने विषय बहसको कुरा भए पनि न्यायपूर्ण दृष्टिकोण नै सबैभन्दा महत्वपूर्ण ह...
कक्षा १२ परीक्षामा अमर्यादित गतिविधि: २० केन्द्राध्यक्षसँग स्पष्टीकरण माग, अनुसन्धान तीव्र

कक्षा १२ परीक्षामा अमर्यादित गतिविधि: २० केन्द्राध्यक्षसँग स्पष्टीकरण माग, अनुसन्धान तीव्र

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
काठमाडौँ/विराटनगर । कक्षा १२ को जारी वार्षिक परीक्षामा अमर्यादित गतिविधि देखिएको विषयमा मोरङमा सुरक्षा निकाय र परीक्षा बोर्डले निगरानी तथा अनुसन्धान तीव्र बनाएका छन्। विराटनगर र सुनसरीका केही निजी विद्यालय (कलेज)हरूले आफ्ना विद्यार्थीलाई उत्तीर्ण गराउन परीक्षा केन्द्र र केन्द्राध्यक्षलाई प्रभावमा पार्ने प्रयास गरेको आशंकामा प्रहरीले गोप्य अनुसन्धान सुरु गरेको हो। अनुगमनका क्रममा ‘संस्थागत सेटिङ’मार्फत चिट प्रयोग गराइएको संकेत पाएपछि अनुसन्धान थप अघि बढाइएको छ। यसैक्रममा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले २० जना केन्द्राध्यक्षसँग स्पष्टीकरण मागेको छ। बोर्डले ती केन्द्राध्यक्षहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए वा आगामी परीक्षामा पुनः गल्ती दोहोरिएमा तत्काल बर्खास्त गरी वैकल्पिक व्यवस्था गर्ने चेता...
विश्वविद्यालयका पदाधिकारी हटाउन सक्ने प्रावधानसहित अध्यादेश सिफारिस

विश्वविद्यालयका पदाधिकारी हटाउन सक्ने प्रावधानसहित अध्यादेश सिफारिस

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
१६ वैशाख, काठमाडौं । सरकारले विश्वविद्यालयका वर्तमान पदाधिकारीहरूलाई हटाउन सक्ने प्रावधानसहित राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको छ। बुधबार राष्ट्रपति कार्यालयमा पठाइएका तीन अध्यादेशमध्ये ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश’ पनि समावेश छ। उक्त अध्यादेशमार्फत विश्वविद्यालयसम्बन्धी विभिन्न ऐनका प्रावधान संशोधन गर्ने तयारी गरिएको छ। सरकारी स्रोतका अनुसार अध्यादेशमा पदाधिकारीहरूको पदावधिसम्बन्धी व्यवस्था नै हटाइएको छ। हालका ऐनअनुसार विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकाल ४ वर्ष हुने प्रावधान रहे पनि सो व्यवस्था हटाउन खोजिएको हो। पदावधि सम्बन्धी स्पष्ट समयसीमा उल्लेख नगरिएकाले हाल कार्यरत पदाधिकारीहरूलाई आवश्यक परे सरकारले जुनसुकै बेला हटाउन सक्ने अवस्था सिर्जना हुन सक्छ। विश्वविद्यालयहरूमा उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्त हुने व्यवस्था छ भने कुलपति प्रधान...
टोखा–८ द्वारा ७ दिने सेल्फ मेकअप तालिम सम्पन्न

टोखा–८ द्वारा ७ दिने सेल्फ मेकअप तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
  काठमाडौं । टोखा नगरपालिका वडा ८ को आयोजनामा सञ्चालन गरिएको ७ दिने निःशुल्क सेल्फ मेकअप तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय महिलाहरू तथा युवतीहरूलाई सीपमूलक दक्षता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिम प्रमाण पत्र सहित वितरण गर्दै समापन गरिएको हो। समापन समारोहमा वडा सदस्य अनुप राई ज्यु प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै वडा सदस्य मिठु नेपाली, वडा सचिव दिनेश सापकोटा, समाजसेवी बिदुर राना मगर लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा तालिममा सहभागी विभिन्न प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। तालिम अवधिभर सहभागीहरूलाई आधारभूतदेखि उन्नत स्तरसम्मका सेल्फ मेकअप सीपहरू व्यवहारिक रूपमा सिकाइएको थियो। यसले सहभागीहरूलाई व्यक्तिगत साजसज्जामा दक्ष बनाउनुका साथै भविष्यमा पेशागत रूपमा समेत अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ। क...
काठमाडौँ महानगरले होस्टेल अनुगमनका लागि ५ टोली परिचालन गर्‍यो

काठमाडौँ महानगरले होस्टेल अनुगमनका लागि ५ टोली परिचालन गर्‍यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले होस्टेलहरूको अनुगमन गर्न ५ वटा विशेष टोली परिचालन गरेको छ। महानगरभित्र करिब ४० हजार व्यक्तिले होस्टेल सेवाको उपयोग गरिरहेको तथ्याङ्क रहेकाले सेवा गुणस्तर, मापदण्डको पालना, सुरक्षा व्यवस्था तथा व्यवस्थापनको अवस्था मूल्याङ्कन गर्न अनुगमन सुरु गरिएको हो। स्तरीय होस्टेललाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेमा सुधार गर्ने र मापदण्ड पूरा नगर्ने होस्टेललाई बन्द गर्ने उद्देश्य रहेको महानगरले जनाएको छ। अनुगमन टोलीमा शिक्षा अधिकृतको संयोजकत्वमा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल होस्टेल एशोसिएसन, होस्टेल व्यवसायी संघ, कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट तथा योजना तथा अनुगमन एकाइका प्रतिनिधिहरू सहभागी छन्। पाँच टोलीमध्ये एक टोलीले वडा नं. १, ३, ४, ६, १६, १८ र ३० मा अनुगमन गर्नेछ। अन्य टोलीहरूले क्रमशः वडा नं. ९, ३...
बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको सन्देश

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको सन्देश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, शिक्षा, समाचार
सुर्खेत । सुर्खेतमा सम्पन्न बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले शिक्षा, प्रविधि र अनुसन्धान क्षेत्रमा सहकार्य विस्तार गर्दै शैक्षिक रूपान्तरणका लागि ठोस पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ । समापन समारोहमा वक्ताहरूले सम्मेलनबाट प्राप्त उपलब्धि र निष्कर्षहरू व्यवहारमा लागू गर्न जोड दिँदै आधुनिक शिक्षा प्रणालीतर्फ रूपान्तरण अनिवार्य भएको बताए । प्रमुख अतिथि तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले सम्मेलनमा उठेका विचार र सुझावहरू कार्यान्वयनमा लैजान सबै सरोकारवाला पक्ष सक्रिय हुनुपर्ने बताए । उनले सूचना प्रविधि र नवप्रवर्तनको तीव्र विकाससँगै शिक्षा प्रणालीमा व्यापक परिवर्तन भइरहेको उल्लेख गर्दै विश्वविद्यालयहरूलाई समयअनुकूल प्राविधिक, नीतिगत तथा प्राज्ञिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले यस्ता अन...
निजी विद्यालयलाई दबाएर होइन, शिक्षा सुधारेर अघि बढौँ

निजी विद्यालयलाई दबाएर होइन, शिक्षा सुधारेर अघि बढौँ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
फेसबुकको newsfeed स्क्रोल गर्दै गर्दा एउटा पोस्टमा आँखा अडियो— “अब सामुदायिक विद्यालयहरूले आफ्नो बेञ्च सफा गर्न थाले हुन्छ, ठूलो संख्यामा विद्यार्थी भर्ना हुन आउँदै छन्।” केही क्षण सोचें। आजको नेपालमा आर्थिक दबाब, रोजगारीको अनिश्चितता र सरकारी नीतिहरूको प्रभावले अभिभावकहरूलाई नयाँ विकल्प खोज्न बाध्य बनाइरहेको छ। पछिल्लो समय सरकारले निजी विद्यालय (बोर्डिङ स्कुल) माथि विभिन्न नियम, शुल्क नियन्त्रण र निगरानी बढाएको देखिन्छ। यस्तो अवस्थामा के साँच्चै विद्यार्थीहरूको संख्या सामुदायिक विद्यालयतर्फ बढ्ने हो त? तर अझ गहिरो प्रश्न उठ्छ—के सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन यस्तो अवस्था आउनै पर्ने हो? अहिले पनि धेरै अभिभावकले आफ्ना छोराछोरीलाई कक्षा ७–८ सम्म निजी विद्यालयमा पढाएर पछि मात्र सामुदायिक विद्यालयमा सार्ने गरेका छन्। किन? के यो केवल खर्चको कारण हो, कि गुणस्तर र विश्वासको पनि...
किस्पाङ प्राविधिक शिक्षालय: सातै प्रदेशका विद्यार्थीको आकर्षण, शैक्षिक गन्तव्य बन्दै

किस्पाङ प्राविधिक शिक्षालय: सातै प्रदेशका विद्यार्थीको आकर्षण, शैक्षिक गन्तव्य बन्दै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, शिक्षा, समाचार
नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक क्षेत्रमा नयाँ गन्तव्यका रूपमा उदाउँदै गएको छ। गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन लिएर सञ्चालन गरेको प्राविधिक शिक्षालयमा पछिल्लो तीन वर्षदेखि देशभरका विद्यार्थीको उल्लेखनीय आकर्षण देखिएको छ। पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी यहाँ प्राविधिक शिक्षा लिन आउने गरेका छन्। गाउँपालिकाले सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी कोर्स मात्र रु १ लाख ९५ हजार शुल्कमा उपलब्ध गराएपछि यो शिक्षालय सुलभ र आकर्षक शैक्षिक गन्तव्य बनेको हो। किस्पाङ–३ काहुलेमा २०८० सालमा स्थापना भएको यस शिक्षालयले पहिलो ब्याचमा फार्मेसी मात्र सञ्चालन गरेको थियो भने हाल दोस्रो र तेस्रो ब्याचमा सामान्य चिकित्सा र फार्मेसी दुवै विषयमा पूर्ण कोटा भर्ना भएको छ। देशभरका विद्यार्थीको सहभागिता शिक्षालयमा हाल सातै प्रद...
इसिडी पाठ्यपुस्तकमा व्यापक मनोमानी मूल्य, अनुगमन कमजोर भन्दै आलोचना

इसिडी पाठ्यपुस्तकमा व्यापक मनोमानी मूल्य, अनुगमन कमजोर भन्दै आलोचना

Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, शिक्षा, समाचार
काठमाडौँ । प्रारम्भिक बाल विकास (इसिडी) तहका पाठ्यपुस्तकमा व्यापक मूल्य मनोमानी भएको भन्दै सरोकारवालाले सरकारी निकायको कमजोर अनुगमनप्रति प्रश्न उठाएका छन् । पाठ्यक्रम विकास केन्द्र र शिक्षा सम्बन्धी नियामक निकायको प्रभावकारी अनुगमन नहुँदा बजारमा खुलेआम कालोबजारी बढेको आरोप लगाइएको छ । रिपोर्ट अनुसार इसिडी र अतिरिक्त पाठ्यपुस्तकहरूमा स्वीकृत मूल्यभन्दा झन्डै ६० प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री भइरहेको पाइएको छ । कतिपय प्रकाशकले स्वीकृति बिना नै पुस्तक प्रकाशन तथा वितरण गरिरहेको देखिएको छ । नर्सरी, एलकेजी र युकेजी तहका बालबालिकाका लागि अनावश्यक र महँगो पुस्तकहरू बिक्री भइरहेको भन्दै अभिभावकहरू असन्तुष्ट बनेका छन् । केही प्रकाशन गृहहरूले मापदण्डभन्दा दोब्बरभन्दा बढी मूल्य कायम गरेको भेटिएको छ । उदाहरणका रूपमा निमा पुस्तक प्रकाशनले कक्षा ७ को २६२ पेजको पुस्तक ४८० रुपैयाँमा बिक्री गर...