स्कटल्याण्डविरुद्ध नेपाललाई १९५ रनको सामान्य लक्ष्य
Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं– International Cricket Council क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल जारी रहेको छ । कीर्तिपुरस्थित Tribhuvan University International Cricket Ground मा भइरहेको खेलमा स्कटल्याण्डले नेपालसामु १९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालको अनुशासित र कसिलो बलिङसामु स्कटल्याण्ड टिक्न नसक्दा टोली ३९.१ ओभरमै अलआउट हुँदै १९४ रनमा समेटिएको हो । नेपालका लागि Lalit Rajbanshi ले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने Sandeep Lamichhane ले तीन विकेट हात पारे ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले सुरुआत राम्रो बनाउन नसक्दा लगातार विकेट गुमाएको थियो । नेपाली बलरहरूले सुरुदेखि नै दबाब बनाएका कारण स्कटिश ब्याटरहरू खुलेर खेल्न सकेनन् ।
आजको खेलमा नेपालको प्लेइङ–११ मा कुनै परिवर्तन गरिएको छैन । टोलीमा कुशल भुर्तेल, आशीफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, इ...















