धादिङ बस दुर्घटना : गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन
धादिङमा भएको भीषण बस दुर्घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने निर्णय गरेको छ। ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।
बैठकमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि तथा तीनवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। छलफलपछि दुर्घटनाको कारण, जिम्मेवारी र आगामी सुरक्षा उपायबारे अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरिएको हो।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। तीमध्ये १७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरम...









