कोशी प्रदेश

हर्क साम्पाङको सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा

हर्क साम्पाङको सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा

Breaking News 1, Breaking News 2, uncategory, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, विचार, समाचार
धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष Harka Sampang ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफ्नो नाममा चार–पाँच तोला सुन र करिब २–४ लाख रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख गरेका छन्। उनले आफूले माग भएको भन्दै सम्पत्ति विवरणबारे प्रतिक्रिया दिएका हुन्। साम्पाङका अनुसार खोटाङ केपिलासगढी–२ चोखाने गाउँमा आमाको नाममा पैतृक सम्पत्ति रहेको छ, जसमा पाखोबारी, खरबारी, बाँसघारी र उतिसघारीसहित केही खेतबारी समावेश छन्। उनले उक्त सम्पत्ति बाउबाजेले कमाएको पैतृक सम्पत्ति भएको र अहिले आमाको नाममा रहेको बताएका छन्। उनले लेखेका छन्, “मेरो नाममा केही छैन। ४–५ तोला सुन वैदेशिक रोजगारीबाट जोडिएको होला। बैंक ब्यालेन्स २–४ लाख होला। म सार्वजनिक गर्नेछु।” साम्पाङले आफ्नो नाममा ठूला चल–अचल सम्पत्ति नरहेको दाबी गर्दै केही दि...
एमसीसी खारेज गर्नुपर्ने हर्क साम्पाङको धारणा

एमसीसी खारेज गर्नुपर्ने हर्क साम्पाङको धारणा

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले एमसीसी खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले उपसभामुखको पद दलगत नभई राज्यको भएको उल्लेख गर्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको बताएका छन्। उपसभामुख राज्यको पद भएकाले कुनै पार्टीको स्वार्थसँग जोडिन नहुने उनको भनाइ छ। साम्पाङले राष्ट्रभक्ति र स्वाधीनताका मुद्दामा अडिग रहेको जनाउँदै एमसीसी खारेजको विषयमा निरन्तर आवाज उठाउने बताएका छन्। उनले लेखेका छन्, “हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौं। उपसभामुख राज्यको पद हो, पार्टीको होइन। हाम्रो कुनै स्वार्थ छैन। हाम्रो स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन्। अझै भन्छु, एमसीसी खारेज गर्नैपर्छ। शंका नगर्नु नेपाली रगतलाई।”...
नक्कली नम्बर प्लेटमा सवारी सञ्चालन : चार गाडी नियन्त्रणमा, सीमावर्ती नेटवर्कमाथि शंका

नक्कली नम्बर प्लेटमा सवारी सञ्चालन : चार गाडी नियन्त्रणमा, सीमावर्ती नेटवर्कमाथि शंका

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
इटहरी । कोशी प्रदेशमा नक्कली नम्बर प्लेट जडान गरी सवारी सञ्चालन गर्ने प्रवृत्ति अझै सक्रिय रहेको संकेत देखिएको छ। इटहरी क्षेत्रमा प्रहरीले चार वटा सवारी नियन्त्रणमा लिएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त चेकिङ अभियानका क्रममा ती सवारी विभिन्न स्थानबाट फेला परेका हुन्। विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा टाटा पन्च, महेन्द्रा बोलेरो पिकअप, हुण्डाईको निजी कार र भारतीय मारुती सुजुकी कार बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक जाँचमै ती सवारीमा आवश्यक कागजात अभावसँगै नक्कली नेपाली नम्बर प्लेट प्रयोग गरिएको पुष्टि भएपछि थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीका अनुसार एउटा सवारी इटहरी चौकबाट फेला परेको हो भने अर्को लौकही क्षेत्रबाट बरामद गरिएको हो। त्यस्तै, बिर्तामोड र चन्द्रगढी क्षेत्रबाट समेत सवारी फेला परेका छन्। सबै सवारी ...
बजेटको ‘रातो किताब’मा योजना समावेश गर्न प्रधानमन्त्रीलाई हर्क साम्पाङको ३७ बुँदे माग

बजेटको ‘रातो किताब’मा योजना समावेश गर्न प्रधानमन्त्रीलाई हर्क साम्पाङको ३७ बुँदे माग

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुनसरी क्षेत्र नं. १ का महत्वपूर्ण योजनाहरू समावेश गर्न प्रधानमन्त्रीलाई पत्रमार्फत आग्रह गरेका छन्। उनले सुनसरी क्षेत्र नं. १ का जनताले लामो समयदेखि भोग्दै आएका आधारभूत समस्याहरू समाधान गर्न बजेटको ‘रातो किताब’मा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ३७ बुँदे मागपत्र पेश गरेका हुन्। मागपत्रमा धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि सप्तकोशी–धरान खानेपानी आयोजनालाई मुख्य प्राथमिकतामा राख्न माग गरिएको छ। आगामी ३० वर्षसम्मको आवश्यकता ध्यानमा राख्दै धरानका विभिन्न वडामा पर्याप्त खानेपानी आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। यसैगरी, धरान–२० को स्वाराँ, बराहक्षेत्र र रामधुनी नगरपालिकामा भूमिगत पानी निकालेर व्यवस्थित ओभरहेड ट्याङ्क निर्माण गरी खा...
पाँचथरमा पिकअप दुर्घटना: एकको मृत्यु, दुई घाइते

पाँचथरमा पिकअप दुर्घटना: एकको मृत्यु, दुई घाइते

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
पाँचथरको हिलिहाङ गाउँपालिका–५, बञ्चरेडाँडास्थित गुराँसे–सुभाङ भित्री कच्ची सडक खण्डमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिहीबार दिउँसो करिब २ बजे दोब्किलेबाट सुभाङतर्फ जाँदै गरेको मे.१ च ६०२९ नम्बरको अम्लिसो बोकेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर अर्को घुम्ती सडकमा पुगेको थियो। दुर्घटनापछि प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुवेदीको कमान्डमा खटिएको टोलीले घाइते तीनैजनालाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर पठाएको थियो। उपचारकै क्रममा हिलिहाङ–५ सुभाङका २४ वर्षीय आवास माबोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गाडीमा सवार सोही स्थानका २४ वर्षीय सन्दीप उभरकोटी र चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का २५ वर्षीय कृष्णबहादुर बराइली सामान्य घाइते भएका छन्। चालक बराइ...
गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था

गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था

Breaking News 1, Breaking News 2, English, अन्तर्राष्ट्रिय, आजको विशेष, कोशी प्रदेश, खेलकुद, गण्डकी, ताजा अपडेट, धर्म / संस्कृति, पर्यटन, प्रदेश समाचार, ब्यापार, मधेस प्रदेश, राजनीति, विचार, समाचार
गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था काठमाडौं — गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका समस्या प्रत्यक्ष रूपमा बुझ्न मन्त्रालयमै बोलाएर गुनासा सुन्ने व्यवस्था सुरु गरेका छन्। यस क्रममा देशका विभिन्न स्थानबाट आएका नागरिकहरूले आफ्ना समस्या र पीडा गृहमन्त्रीसमक्ष राखेका थिए। गुनासा राख्ने अधिकांशले अझै पनि न्याय प्राप्ति सहज नभएको गुनासो गरेका छन्। उनीहरूले पहुँच र शक्तिका आधारमा अन्याय सहनुपरेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा सहभागीहरूले गृहमन्त्रीसँग प्रत्यक्ष भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना अनुभव पनि साझा गरेका थिए। एक सहभागीले भने, “धेरै गृहमन्त्री आए, तर तपाईँजस्तो सर्वसाधारणको आवाज सुन्ने व्यक्ति पाउन सकेनौँ। हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद।” गृहमन्त्री गुरुङले उठेका गुनासालाई गम्भीरतापूर्वक लिँदै समा...
‘हर्के हवलदार’का निर्देशकसहित कलाकारहरू श्रम संस्कृति पार्टीमा प्रवेश

‘हर्के हवलदार’का निर्देशकसहित कलाकारहरू श्रम संस्कृति पार्टीमा प्रवेश

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
हास्य टेलीश्रृंखला ‘हर्के हवलदार’का निर्देशक इन्द्र दोङ लामा, निर्देशकसहितका कलाकारहरू हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले लामालाई पार्टीमा स्वागत गर्दै तस्बिर सार्वजनिक गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, “जय माटो भन्ने टोली थप्दै।” साथै, साम्पाङले करिब ८० जनालाई पार्टी सदस्यता प्रदान गरिएको बताएका छन्। तस्बिरमा निर्देशक इन्द्र दोङ लामा र कलाकार राजेन्द्र गिरी साम्पाङको हातबाट पार्टी सदस्यता ग्रहण गर्दै देखिएका छन्।...
होटल पौवाको दशक यात्रा: नेपाली स्वाद र संस्कृतिसँग ‘मिसन १००’ को लक्ष्य

होटल पौवाको दशक यात्रा: नेपाली स्वाद र संस्कृतिसँग ‘मिसन १००’ को लक्ष्य

Breaking News 1, Breaking News 2, English, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, आजको विशेष, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
भैरहवा – नेपाली आतिथ्य र रैथाने स्वादलाई ब्रान्डको रूपमा स्थापित गर्दै आएको होटल पौवा आफ्नो स्थापना भएको एक दशक पूरा गर्दै नयाँ लक्ष्यसहित अगाडि बढेको छ। ‘बालापन’को रूपमा पहिलो दशकलाई व्याख्या गरेको पौवाले अबको दस वर्षभित्र देशभर एक सय शाखा विस्तार गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। दशक पूरा भएको अवसरमा होटलले चैत महिनाको अन्तिम सातादेखि आफ्ना सबै शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने तयारी गरेको छ। यो उत्सव केवल परिकारको स्वादमा सीमित नभई नेपाली संस्कृतिको झल्को दिने माध्यमका रूपमा प्रस्तुत गरिने बताइएको छ। हालसम्म पौवाले रुपन्देहीको बुटवल, भैरहवा, सालझण्डी, कपिलवस्तुको गोरुसिङ्गे, बाँकेको नेपालगन्जदेखि कर्णालीका जुम्ला र सुर्खेतसम्म, साथै काठमाडौं, पोखरा, जनकपुर, धनगढी, तानसेन, कालिन्चोक लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यमा गरी १९ शाखा विस्तार गरिसकेको जनाएको छ। ह...
मोरङमा बर्ड फ्लु पुष्टि, नियन्त्रणका उपाय कडा

मोरङमा बर्ड फ्लु पुष्टि, नियन्त्रणका उपाय कडा

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
पशु सेवा विभागले नेपालमा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएको जनाएको छ। विभागका अनुसार नियमित निगरानीका क्रममा मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–४ र उर्लाबारी नगरपालिका–५ मा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण देखिएको हो। पशु सेवा विभाग का अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार प्रभावित क्षेत्रमा तत्काल नियन्त्रणका उपायहरू लागू गरिएको छ। संक्रमित क्षेत्रमा कुखुरा तथा कुखुराजन्य पदार्थ नष्ट गर्ने, आवतजावतमा कडाइ गर्ने र संक्रमण फैलिन नदिन विभिन्न सतर्कता अपनाइएको छ। कुखुरा फार्महरूमा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाइएको छ भने प्रवेश गर्दा अनिवार्य रूपमा जीवाणुनाशक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नपाउने र प्रयोग भएका सामग्री पुनः प्रयोग नगर्नुपर्ने मापदण्ड लागू गरिएको छ। यस्तै, कुखुरा राख्ने स्था...
खोटाङबाट श्रम संस्कृति पार्टीका महासचिव आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

खोटाङबाट श्रम संस्कृति पार्टीका महासचिव आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, राजनीति, समाचार
खोटाङबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई निर्वाचित भएका छन्। उनले **नेपाल कम्युनिस्ट पार्टी (एमाले)**का उम्मेदवार देवबिक्रम राईलाई ३,८९८ मतान्तरले पराजित गरेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आरेन राईले १६,६१२ मत प्राप्त गर्दा देवबिक्रम राईले १२,७१४ मत पाए। केपिलासगढी गाउँपालिका–१, फेदीस्थित सुङ्देका आरेन राईले नवोदित श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिँदै पुराना दलका उम्मेदवारलाई पछि पार्दै विजय हासिल गरेका हुन्। यसैगरी नेपाली कांग्रेसका वीरकाजी राईले ११,९५७, **नेपाल कम्युनिस्ट पार्टी (नेकपा)**का डा. हरि रोकाले ९,४४३, **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**का रुद्र गिरीले ५,७०४ र राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ९४७ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये **जनता समाजवादी पार्टी (जसपा)**का राकेश राईले ३३७, **राष्ट्रिय प्रजात...