बागमतीमा नीति तथा योजना आयोग खा रेजको सिफारिसहेटौँडा
Breaking News 1, Breaking News 2, uncategory, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
बागमती प्रदेश नीति तथा योजना आयोगको प्रभावकारिता कमजोर देखिएको निष्कर्षसहित त्यसलाई खारेज गर्न सिफारिस गरिएको छ। प्रदेशको प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले आयोगले अपेक्षित परिणाम दिन नसकेको ठहर गर्दै यस्तो सुझाव दिएको हो।
पूर्व सचिव विमल वाग्लेको संयोजकत्वमा बनेको समितिले बुझाएको प्रतिवेदनमा आयोगको औचित्य पुष्टि हुन नसकेको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार आयोगले रणनीतिक भूमिका निर्वाह गर्न नसकेको तथा यसको कार्यसम्पादनले प्रतिफल दिन नसकेको निष्कर्ष निकालिएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा आयोगका लागि कुल बजेटको मात्र ०.०६ प्रतिशत (करिब ४ करोड ३८ लाख रुपैयाँ) विनियोजन गरिएको छ, जसले यसको प्राथमिकता र प्रभाव कमजोर रहेको संकेत गरेको प्रतिवेदनमा उल्लेख छ।
समितिका अनुसार आयोगले गर्ने धेरै काम मन्त्रालयहरूले नै गरिरहेका छन्। योजना छनोट, अनुगमन र कार्यान्वयनमा आयोगको भूमिका...















