बागमती

अवैध क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीको निर्देशन

अवैध क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीको निर्देशन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले काभ्रेको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। गिट्टी–बालुवा उत्खननका कारण बाढी र पहिरोको जोखिम बढेको उल्लेख गर्दै उनले यसको नियन्त्रणमा लापरबाही भएकोप्रति चिन्ता व्यक्त गरे। साथै, विगतमा राजनीतिक मिलेमतोमा अवैध रूपमा सञ्चालन हुँदै आएका यस्ता गतिविधि अब कडाइका साथ रोक्ने बताए।...
फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ स्वयं ठगिएको दाबी, कानुनी उपचारमा जाने तयारी

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ स्वयं ठगिएको दाबी, कानुनी उपचारमा जाने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । भ्रष्टाचार, ठगी र अपराधविरुद्ध कडाइका साथ अभियान चलाइरहेका गृहमन्त्री सुधन गुरुङ स्वयं पोखराको फेवाताल जग्गा प्रकरणमा ठगिएको दाबी गरेका छन्। सर्वोच्च अदालतको आदेशअनुसार फेवाताल अतिक्रमण हटाउने अभियानमा सक्रिय रहेका गुरुङले आफूले लिजमा लिएको जग्गा समेत मापदण्डभित्रकै अतिक्रमित क्षेत्र परेको जानकारी पाएको बताएका छन्। जग्गा लिँदा धनी पक्षले वास्तविक अवस्था लुकाई झुक्याएर सम्झौता गराएको भन्दै मन्त्री गुरुङसहित तीन जना साझेदार अब कानुनी उपचारमा जाने तयारीमा छन्। करिब ८–१० वर्षअघि पोखराको फेवाताल किनारमा साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना अघि बढाइएको थियो। गुरुङका अनुसार त्यस समयमा जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटर मापदण्डभित्र नपर्ने भन्दै विश्वास दिलाएका थिए र कागजातमा पनि सुरक्षित देखाइएको थियो। तर पछि सम्बन्धित ...
कपिलवस्तु घटनामा मृतक युवकलाई सहिद घोषणा गर्न माग

कपिलवस्तु घटनामा मृतक युवकलाई सहिद घोषणा गर्न माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, लुम्बिनी, समाचार
काठमाडौँ । सांसद अभिषेकप्रताप साहले कपिलवस्तुको वरगदामा काली मन्दिर तोडफोडपछिको घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवकलाई सहिद घोषणा गर्न माग गर्नुभएको छ। मंगलबार (चैत २४) प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले उक्त घटनाको निष्पक्ष र गहन छानबिन गर्न सरकारसँग आग्रह गर्नुभयो। गोली लागेर गम्भीर घाइते भएका अरुण यादवको उपचारका क्रममा सोमबार (चैत २३) निधन भएको थियो। उहाँले भन्नुभयो, “यस घटनाको सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरिनु जरुरी छ।” सांसद साहले घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारसँग माग गर्नुभएको छ।...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नर पदमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि पनि एक जना डेपुटी गभर्नरको पद भने अझै खाली नै रहेको छ। यसअघि डेपुटी गभर्नर डा. नीलम ढुंगाना र बमबहादुर मिश्रको पदावधि समाप्त भएपछि करिब एक महिनादेखि उक्त पदहरू रिक्त रहँदै आएका थिए।...
एमालेका १८ महिला सांसदद्वारा साइबर बुलिङविरुद्ध उजुरी

एमालेका १८ महिला सांसदद्वारा साइबर बुलिङविरुद्ध उजुरी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १८ जना महिला सांसदले पछिल्लो समय किशोरीहरूमाथि बढ्दै गएको साइबर बुलिङका घटनाबारे नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन्। एमालेकी सचिव तथा प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीसहितका सांसदहरूले भोटाहिटीस्थित साइबर ब्युरोमा लिखित उजुरी पेश गरेका हुन्। उजुरीमा सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटफर्ममार्फत विशेषगरी किशोरीहरू लक्षित गर्दै गरिने साइबर बुलिङ, दुर्व्यवहार, अपमानजनक टिप्पणी, घृणात्मक अभिव्यक्ति र अनावश्यक आलोचनाले उनीहरू मानसिक रूपमा पीडित भइरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिले किशोरीहरूको आत्मसम्मान, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षामा गम्भीर असर पारिरहेको पनि उजुरीमा औंल्याइएको छ। सांसदहरूले यस्ता घटनाको छिटो र प्रभावकारी छानबिन तथा अनुसन्धान गरी दोषीलाई क...
काठमाडौँमा गोली प्रहारपछि खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँमा गोली प्रहारपछि खैरो हेरोइन कारोबारी पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
काठमाडौँ – काठमाडौँको पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गएराति प्रहरीसँग जम्काभेट भएपछि गोली प्रहार गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो। गोली लागेर भारतको बिहार घर भएका अनिल कुमार पासवान घाइते भएका छन् र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बरामद भएको सामानमा करिब १ किलोग्राम खैरो हेरोइन रहेको छ। ब्युरोका एसपी रेग्मी नेतृत्वको टोलीले खैरो हेरोइन कारोबार भइरहेको सूचनाको आधारमा उक्त क्षेत्रमा छापा मारेको थियो।...
राष्ट्रिय आर्थिक गणना र अनुसन्धानमा सहकार्यका लागि समझदारी

राष्ट्रिय आर्थिक गणना र अनुसन्धानमा सहकार्यका लागि समझदारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ – राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घ बीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्कको आवश्यकता बढ्दै गएकाले उक्त समझदारी गरिएको जनाइएको छ। समझदारीमार्फत तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीतिअनुसार निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिको तथ्याङ्क सङ्कलन, विश्लेषण र प्रयोगलाई सुदृढ बनाइनेछ। साथै, तथ्याङ्कीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय विस्तार गरिने उल्लेख गरिएको छ। कमलप्रसाद पोख्रेल र वीरेन्द्रराज पाण्डे को उपस्थितिमा कार्यालयका निर्देशक वेदप्रसाद ढकाल तथा परिसङ्घका महानिर्देशक घनश्याम ओझा...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन गर्न माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन गर्न माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
देवदह (रुपन्देही), चैत २४ — रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालनमा ल्याउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरूले सरकारसँग माग गरेका छन्। सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उनीहरूले सङ्घीय सरकारसँग यस्तो आग्रह गरेका हुन्। समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं रुपैयाँ लगानीमा निर्माण भएको उक्त विमानस्थल छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भगवान् गौतमबुद्धको नामबाट निर्माण गरिएको विमानस्थल सञ्चालनमा आए देशको आर्थिक गतिविधि थप गतिशील हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार लुम्बिनीको विकासले समग्र मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। “विमानस्थल नियमित सञ्चालनमा आए भैरहवामात्र होइन, समग्र देशकै विकासमा टेवा पुग्छ र पर्...
असारभित्र २९ लाख नागरिकलाई लाइसेन्स वितरण गर्ने तयारी

असारभित्र २९ लाख नागरिकलाई लाइसेन्स वितरण गर्ने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले असारभित्र २९ लाख नागरिकलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिने घोषणा गरेका छन्। मन्त्रालयको सामाजिक सञ्जालमार्फत यस्तो जानकारी सार्वजनिक गरिएको हो। मन्त्री तिमिल्सिनाका अनुसार हालसम्म लाइसेन्स परीक्षा पास गरी छपाइ कपी लिन बाँकी रहेका २९ लाख सेवाग्राहीलाई २४ घण्टाभित्र नयाँ लाइसेन्स उपलब्ध गराउने गरी सिस्टम विकास गरिएको छ। मन्त्रालयको सूचनाअनुसार सुरक्षण मुद्रण केन्द्रले उक्त काम सम्पन्न गर्नेछ र यातायात व्यवस्था विभागले प्रदान गर्ने डाटाको आधारमा २४ घण्टाभित्र लाइसेन्स छापिनेछ।...
अब बैंक पनि शनिबार–आइतबार बन्द, सेवा समय परिमार्जन

अब बैंक पनि शनिबार–आइतबार बन्द, सेवा समय परिमार्जन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं– अबदेखि बैंक तथा वित्तीय संस्थाहरू शनिबार र आइतबार बन्द हुने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाहरूका विदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ। मानव संसाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारले हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरेको छ। नयाँ नियमअनुसार बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समय परिमार्जन गरिएको छ। सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ। केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि आन्तरिक रूपमा नयाँ तालिका लागू गर्न सुरु गरिसकेका छन्।...