लुम्बिनी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन गर्न माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन गर्न माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
देवदह (रुपन्देही), चैत २४ — रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालनमा ल्याउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरूले सरकारसँग माग गरेका छन्। सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उनीहरूले सङ्घीय सरकारसँग यस्तो आग्रह गरेका हुन्। समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं रुपैयाँ लगानीमा निर्माण भएको उक्त विमानस्थल छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भगवान् गौतमबुद्धको नामबाट निर्माण गरिएको विमानस्थल सञ्चालनमा आए देशको आर्थिक गतिविधि थप गतिशील हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार लुम्बिनीको विकासले समग्र मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। “विमानस्थल नियमित सञ्चालनमा आए भैरहवामात्र होइन, समग्र देशकै विकासमा टेवा पुग्छ र पर्...
गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता

गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, लुम्बिनी, समाचार
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरी सहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता गरिएको छ। अध्यक्ष चौधरीसहित राजेश्वर चौधरी र सन्तकुमार यादव विरुद्ध सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारको अभियोग दर्ता गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले ‘भैरहवा–१५’ नाम परिवर्तन गरी दर्ता गरिएको जाहेरीका आधारमा मुद्दा अघि बढाएको जनाएको छ। मुद्दा दर्तासँगै अध्यक्ष चौधरीको पदसमेत संकटमा परेको छ। यस प्रकरणमा सन्तकुमार यादव हाल थुनछेकका लागि कारागारमा रहेका छन्। पीडितले २०८१ असोज ६ गते किटानी जाहेरी दिएकी थिइन्। यता, अध्यक्ष चौधरीले आरोप अस्वीकार गर्दै आफूलाई फसाइएको दाबी गरेका छन् र कानुनी लडाइँ लड्ने बताएका छन्।...
होटल पौवाको दशक यात्रा: नेपाली स्वाद र संस्कृतिसँग ‘मिसन १००’ को लक्ष्य

होटल पौवाको दशक यात्रा: नेपाली स्वाद र संस्कृतिसँग ‘मिसन १००’ को लक्ष्य

Breaking News 1, Breaking News 2, English, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, आजको विशेष, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
भैरहवा – नेपाली आतिथ्य र रैथाने स्वादलाई ब्रान्डको रूपमा स्थापित गर्दै आएको होटल पौवा आफ्नो स्थापना भएको एक दशक पूरा गर्दै नयाँ लक्ष्यसहित अगाडि बढेको छ। ‘बालापन’को रूपमा पहिलो दशकलाई व्याख्या गरेको पौवाले अबको दस वर्षभित्र देशभर एक सय शाखा विस्तार गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। दशक पूरा भएको अवसरमा होटलले चैत महिनाको अन्तिम सातादेखि आफ्ना सबै शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने तयारी गरेको छ। यो उत्सव केवल परिकारको स्वादमा सीमित नभई नेपाली संस्कृतिको झल्को दिने माध्यमका रूपमा प्रस्तुत गरिने बताइएको छ। हालसम्म पौवाले रुपन्देहीको बुटवल, भैरहवा, सालझण्डी, कपिलवस्तुको गोरुसिङ्गे, बाँकेको नेपालगन्जदेखि कर्णालीका जुम्ला र सुर्खेतसम्म, साथै काठमाडौं, पोखरा, जनकपुर, धनगढी, तानसेन, कालिन्चोक लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यमा गरी १९ शाखा विस्तार गरिसकेको जनाएको छ। ह...
पाल्पामा टिपर दुर्घटना: मृतक संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना: मृतक संख्या ४ पुग्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार
तानसेन, पाल्पा — पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा बेलुकी करिब ६ बजे लु २ ख ४५२५ नम्बरको टिपर दुर्घटनामा परेको हो। झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको उक्त टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो। यसअघि अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल वि.क. र रुपन्देहीको देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको उपचारका क्रममा मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घाइते चार जनामध्ये तीन जनालाई ...
बागलुङ–२ : सोम शर्माको ऐतिहासिक विजय

बागलुङ–२ : सोम शर्माको ऐतिहासिक विजय

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, राजनीति, लुम्बिनी, समाचार
बागलुङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सोम शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले कुल १२,६४७ मत प्राप्त गर्दै आफ्नो विजय सुनिश्चित गरेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै क्षेत्रभर समर्थकहरूमा उत्साह छाएको छ। विजयी भएपछि नेता शर्माप्रति समर्थक तथा शुभेच्छुकहरूले हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नव निर्वाचित प्रतिनिधि शर्मा निर्वाचन अभियानका क्रममा उठाएका विकास, सुशासन र जनसेवाका एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मतदाताहरूले यसपटक नयाँ आशा र विश्वासका साथ उनलाई विजयी बनाएको बताएका छन्। बागलुङ–२ को यो परिणामलाई आगामी दिनमा स्थानीय विकास र जनअपेक्षा पूरा गर्ने महत्वपूर्ण अवसर का रूपमा हेरिएको छ।...
रवि लामिछानेद्वारा रास्वपा र पुराना दलप्रति प्रतिक्रिया

रवि लामिछानेद्वारा रास्वपा र पुराना दलप्रति प्रतिक्रिया

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, लुम्बिनी, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेको झण्डा जलाउने घटना भए कारवाही गरिने स्पष्ट पारेका छन्। उनले भने, “रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए कारबाही हुनेछ। तर यदि कसैले घुसपैठ गरेर विवाद उत्पन्न गर्ने प्रयास गर्‍यो भने होसियार रहनुहोस्। रास्वपाले गरेको भए कारवाही हुन्छ, तर नभएर अन्यायपूर्ण प्रचार भए त्यसलाई बेवास्ता गर्नु ठीक हुन्छ।” सभामा उनले आफ्ना केही समर्थकहरूले गाली गरेको सुनेको उल्लेख गर्दै भने, “रास्वपाले सबैलाई जन्माएको होइन। यहाँका समर्थकहरू काम गर्न नसकेपछि रास्वपा बनाएका हुन्। रास्वपा तीन वर्षको पार्टी हो, यहाँ ३ वर्षको बच्चा त छैनन्, सबैजना जवान समर्थक हुन्।” लामिछानेले चोकचोकमा उभिएर आरोप लगाउनेहरूलाई जवाफ दिन नचाहेको पनि बताए। उनले भने, “मलाई आरोप लगाउनेहरूले धेरै आरोप लगाएका छन्। म तिनलाई उठेर जव...
भालुवाङमा ‘किचन मार्ट’ सञ्चालनमा: मोहन इलेक्ट्रिक सेन्टरको नयाँ शाखा

भालुवाङमा ‘किचन मार्ट’ सञ्चालनमा: मोहन इलेक्ट्रिक सेन्टरको नयाँ शाखा

Breaking News 1, Breaking News 2, अर्थ, आजको विशेष, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, लुम्बिनी
भालुवाङमा ‘किचन मार्ट’ सञ्चालनमा: मोहन इलेक्ट्रिक सेन्टरको नयाँ शाखा भालुवाङ, प्युठान । मोहन इलेक्ट्रिक सेन्टरको नयाँ शाखा ‘किचन मार्ट’ भालुवाङ पुलचोक, प्युठान जाने सडकमा औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्घाटन समारोह राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले गर्नु भएको थियो। उद्घाटन कार्यक्रममा स्थानीय व्यापारी, व्यवसायी, पत्रकार र समाजसेवीको उल्लेखनीय उपस्थिति रहेको थियो। शाखा सञ्चालनकर्ता मोहन आचार्य का अनुसार नयाँ शाखामा किचनमा आवश्यक पर्ने आधुनिक सामग्रीदेखि विभिन्न प्रकारका इलेक्ट्रिक सामानसम्म एकै ठाउँमा उपलब्ध गराइनेछ। उनले ग्राहकको सुविधा र आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले शाखा खोलेको जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष सुरज खड्काले स्थानीय बजारमा गुणस्तरीय सेवा विस्तार हुनु सकारात्मक रहेको उल्लेख गर्दै यस पहलले उपभ...
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking News 2, कर्णाली, गण्डकी, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “लुम्बिनी र गण्डकीमा पनि यसको प्रभाव छ । तर, सुदूरपश्चिम र कर्णालीको जति छैन,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने, “वाग्मतीदेखि को...
प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने

Breaking News 2, ताजा अपडेट, लुम्बिनी, समाचार
११ माघ, पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिने भएको हो । प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन  र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिसकेपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ। कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए । सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने उनले बताए । सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ । जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर...
गुल्मीमा एक जना पुरुषको शव फेला

गुल्मीमा एक जना पुरुषको शव फेला

ताजा अपडेट, लुम्बिनी, समाचार
८ माघ, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका-८ कालीमाटी निवासी ६० वर्षका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजन भुजेलले बताए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा प्रहरी टोली खटिएको छ । घटना शंकास्पद रहेकाले थप अनुसन्धानको लागि जिल्लाबाट एसपी राजन भुजेलसहितको टोली पनि त्यहाँ पुगेको छ ।  ...