प्रदेश समाचार

प्रदेश सभा बैठक: दुई विधेयक एक वर्षदेखि अलपत्र, सचिवालयमै थन्किए

प्रदेश सभा बैठक: दुई विधेयक एक वर्षदेखि अलपत्र, सचिवालयमै थन्किए

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा दर्ता गरेका दुई महत्वपूर्ण विधेयक एक वर्षदेखि अघि नबढ्दा अलपत्र अवस्थामा रहेका छन्। सभा सञ्चालन भइरहे पनि विधेयकहरू छलफलमा नआउँदा प्रक्रिया रोकिएको हो। टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी विधेयक र बडघर/भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धी विधेयक दुवै प्रदेश सभा सचिवालयमै थन्किएका छन्। यी विधेयक क्रमशः २०८१ चैत ३ र २०८२ जेठ २१ गते दर्ता भएका थिए। विगतमा बिजनेस अभावको समस्या भोगेको प्रदेश सभामा अहिले दर्ता भएका विधेयक नै अगाडि नबढ्दा कार्यसम्पादनमाथि प्रश्न उठेको छ। सत्तारूढ नेपाली कांग्रेसले यस विषयमा असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको दलको बैठकमार्फत सभामुख भीमबहादुर भण्डारीलाई विधेयक तत्काल अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको छ। दलका प्रमुख सचेतक विक्रमसिंह धामीका अनुसार दुवै...
कुन–कुन राजमार्ग अवरुद्ध छन्? बाढी–पहिरोले देशका मुख्य सडक प्रभावित

कुन–कुन राजमार्ग अवरुद्ध छन्? बाढी–पहिरोले देशका मुख्य सडक प्रभावित

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
हालै परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन्। कोशी प्रदेशको संखुवासभामा पर्ने कोशी राजमार्ग भोटखोला गाउँपालिका–४ को बरुण क्षेत्रमा गएको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। साउन १७ गते दिउँसो करिब ४ बजे गएको पहिरोले सडक बन्द हुँदा यातायात ठप्प भएको छ। यस्तै, भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी एकतर्फी सवारी सञ्चालन भइरहेको छ। बागमती प्रदेशको सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा गएको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको छ। साउन १६ गते साँझ ...
डोजर आतंकले नागरिक त्रसित, घर–घरमा जग्गाधनी पुर्जा टाँस्दै विरोध

डोजर आतंकले नागरिक त्रसित, घर–घरमा जग्गाधनी पुर्जा टाँस्दै विरोध

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती व्यवस्थापनका नाममा भइरहेका घर–टहरो हटाउने कार्यले स्थानीय बासिन्दामा त्रास फैलिएको छ। सम्बन्धित निकायले यकिन पहिचान प्रक्रिया पूरा नगर्दै डोजर प्रयोग गर्न थालेपछि बस्ती क्षेत्रका मानिसहरू असुरक्षित महसुस गरिरहेका छन्। नदी किनारका बासिन्दाहरूले आफ्नो जग्गा र घरको स्वामित्व प्रमाणित गर्न घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँस्दै विरोध जनाउन थालेका छन्। यसले उनीहरू आफ्नो अधिकार सुरक्षित रहेको दाबी गरिरहेका छन्। धोबीखोला आसपासको क्षेत्रमा आज पनि बस्ती हटाउने अभियान जारी रहँदा स्थानीयको चिन्ता थप बढेको छ। सुकुमवासीको वास्तविक पहिचान र वैधानिक प्रक्रिया पूरा नगरी घर भत्काइएको भन्दै सरकारको कदमप्रति विभिन्न पक्षबाट आलोचना भइरहेको छ।...
सप्तरीमा जंगली हात्तीको आक्रमण: एक वृद्धको ज्यान गयो

सप्तरीमा जंगली हात्तीको आक्रमण: एक वृद्धको ज्यान गयो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार, सुरक्षा
काठमाडौं । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरका ६६ वर्षीय यज्ञश्वर निरौलाको ज्यान गएको हो। प्रहरीका अनुसार आफ्नै बारीमा मकै कुरेर बसेका निरौलामाथि गएराति करिब ११:४५ बजे हात्तीले आक्रमण गरेको थियो। आक्रमणपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। शव परीक्षणपछि परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।...
बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको सन्देश

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको सन्देश

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, शिक्षा, समाचार
सुर्खेत । सुर्खेतमा सम्पन्न बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले शिक्षा, प्रविधि र अनुसन्धान क्षेत्रमा सहकार्य विस्तार गर्दै शैक्षिक रूपान्तरणका लागि ठोस पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ । समापन समारोहमा वक्ताहरूले सम्मेलनबाट प्राप्त उपलब्धि र निष्कर्षहरू व्यवहारमा लागू गर्न जोड दिँदै आधुनिक शिक्षा प्रणालीतर्फ रूपान्तरण अनिवार्य भएको बताए । प्रमुख अतिथि तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले सम्मेलनमा उठेका विचार र सुझावहरू कार्यान्वयनमा लैजान सबै सरोकारवाला पक्ष सक्रिय हुनुपर्ने बताए । उनले सूचना प्रविधि र नवप्रवर्तनको तीव्र विकाससँगै शिक्षा प्रणालीमा व्यापक परिवर्तन भइरहेको उल्लेख गर्दै विश्वविद्यालयहरूलाई समयअनुकूल प्राविधिक, नीतिगत तथा प्राज्ञिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए । विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले यस्ता अन...
मनोहरा सुकुम्बासी बस्तीमा डोजर अभियान जारी, १३ डोजर परिचालन

मनोहरा सुकुम्बासी बस्तीमा डोजर अभियान जारी, १३ डोजर परिचालन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा क्षेत्रमा रहेको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा घर–टहरा भत्काउने अभियान आज पनि जारी राखिएको छ। बाँकी संरचना हटाउन सोमबार बिहान ७ बजेदेखि १३ वटा डोजर परिचालन गरिएको हो। आइतबारदेखि सुरु गरिएको उक्त अभियान अन्तर्गत अधिकांश घर–टहरा हटाइसकिएको भए पनि केही संरचना बाँकी रहेकाले आज पुनः डोजर चलाइएको सम्बन्धित निकायले जनाएको छ। अभियानमा भक्तपुरबाट खटिएको नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरी संयुक्त रूपमा परिचालित छन्। सुरक्षाको व्यवस्थासहित बस्ती खाली गराउँदै डोजर प्रयोग गरेर अवैध संरचना हटाउने कार्य भइरहेको छ। यसअघि पनि महानगर प्रमुख बालेन्द्र (बालेन) शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुम्बासी बस्ती हटाइएको थियो। ती क्षेत्रबाट हटाइएका परिवारलाई कीर्तिपुर, नागार्जुन र भक्तपुरका विभिन्न स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको थ...
मनोहरा सुकुम्बासी बस्तीमा डोजर अभियान जारी, १३ डोजर परिचालन

मनोहरा सुकुम्बासी बस्तीमा डोजर अभियान जारी, १३ डोजर परिचालन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा क्षेत्रमा रहेको मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा घर–टहरा भत्काउने अभियान आज पनि जारी राखिएको छ। बाँकी संरचना हटाउन सोमबार बिहान ७ बजेदेखि १३ वटा डोजर परिचालन गरिएको हो। आइतबारदेखि सुरु गरिएको उक्त अभियान अन्तर्गत अधिकांश घर–टहरा हटाइसकिएको भए पनि केही संरचना बाँकी रहेकाले आज पुनः डोजर चलाइएको सम्बन्धित निकायले जनाएको छ। अभियानमा भक्तपुरबाट खटिएको नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरी संयुक्त रूपमा परिचालित छन्। सुरक्षाको व्यवस्थासहित बस्ती खाली गराउँदै डोजर प्रयोग गरेर अवैध संरचना हटाउने कार्य भइरहेको छ। यसअघि पनि महानगर प्रमुख बालेन्द्र (बालेन) शाहको निर्देशनमा थापाथली र गैह्रीगाउँ क्षेत्रका सुकुम्बासी बस्ती हटाइएको थियो। ती क्षेत्रबाट हटाइएका परिवारलाई कीर्तिपुर, नागार्जुन र भक्तपुरका विभिन्न स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको थ...
सरकारी नयाँ मस्यौदा निर्देशिका: सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य बनाइने

सरकारी नयाँ मस्यौदा निर्देशिका: सार्वजनिक सवारीमा जीपीएस जडान अनिवार्य बनाइने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं । सार्वजनिक सवारी साधनलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले जीपीएस प्रणाली अनिवार्य गर्ने तयारी गरेको छ । अब सार्वजनिक सवारीका धनीहरूले आफ्ना सवारीमा जीपीएस उपकरण जडान गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको “सवारी साधनलाई प्रविधिजडित, सुरक्षित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका, २०८२ (मस्यौदा)” मा यस्तो प्रावधान राखिएको हो । निर्देशिकाअनुसार जडान गरिने जीपीएस उपकरणको सुरक्षा र सञ्चालनको जिम्मेवारी चालक तथा परिचालक दुवैमा रहनेछ । आवश्यक प्राविधिक सहयोग सम्बन्धित निकायबाट उपलब्ध गराइने उल्लेख गरिएको छ । साथै, जीपीएस प्रणालीको प्रभावकारी अनुगमनका लागि नियन्त्रण केन्द्रसहितको विशेष प्रणाली स्थापना गरिनेछ । यसमार्फत सवारी साधनको वास्तविक समयको विवरण, मार्ग र अन्य डेटा संकलन तथा व्य...
सरकारी जग्गा खाली गराउने अभियान जारी, गोठाटार र मनोहरामा डोजर सञ्चालन

सरकारी जग्गा खाली गराउने अभियान जारी, गोठाटार र मनोहरामा डोजर सञ्चालन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमयुक्त सार्वजनिक र सरकारी जग्गा खाली गराउने अभियान आज पनि निरन्तर अघि बढाइएको छ। सरकारले हिजो अधुरो रहेका संरचना हटाउने कामलाई तीव्रता दिँदै बिहानैदेखि टोली परिचालन गरेको हो। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार (बुद्धचोक) र वडा नं. ९ को मनोहरा क्षेत्रमा रहेका जोखिमपूर्ण बस्ती हटाउने कार्य सुरु गरिएको छ। डोजर प्रयोग गरी असुरक्षित संरचनाहरू हटाउने क्रम जारी रहेको छ। बस्ती हटाउनुअघि स्थानीयवासीका सरसामान सुरक्षित रूपमा निकाल्न र स्थानान्तरण गर्न सुरक्षाकर्मीले सहयोग गरेका छन्। सम्बन्धित क्षेत्रका संरचना हटाइसकेपछि बाँकी रहेका काठमाडौँ महानगरपालिका वडा नं. ९ (गैरीगाउँ) र वडा नं. ३१ (शान्तिनगर) का नदी किनारका बस्तीहरू पनि खाली गरिने जनाइएको छ। यसअघि काठमाडौँ महानगरपालिका वडा नं. ११ स्थित थापाथली क्षेत्रमा रहेको सरकारी जग्गा शा...
मनोहरामा डोजरसहित प्रहरी परिचालन, आजै संरचना हटाइने तयारी

मनोहरामा डोजरसहित प्रहरी परिचालन, आजै संरचना हटाइने तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं — कागेश्वरी मनोहरा क्षेत्रमा अवस्थित सुकुम्बासी बस्ती हटाउने अभियान पुनः तीव्र पारिएको छ। आइतबार बिहान ९ बजेदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने डोजरहरू समेत तयारी अवस्थामा राखिएका छन्। यसअघि संरचना भत्काउन पुगेको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेपछि रात परेकाले फर्किएको थियो। तर आज बिहानैदेखि पुनः सुरक्षाकर्मी र उपकरणसहित टोली त्यहाँ पुगेको हो। बिहानैदेखि बस्तीका बासिन्दाले घर–टहराबाट सामान निकाल्न थालेका छन्। महानगर प्रहरी बलका इन्स्पेक्टर ईश्वर वाग्लेले आज जुनसुकै अवस्थामा पनि संरचना हटाइने स्पष्ट पारे। उनका अनुसार करिब १० वटासम्म डोजर परिचालन गर्ने तयारी गरिएको छ। “मनोहरामा बिहान ९ बजेदेखि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ, विभिन्न स्थानबाट डोजर ल्याइँदैछ,” उनले बताए।...