आजको विशेष

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.लि.को उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ। बदाममा कीरा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले यस्तो निर्णय गरेको हो। अनुगमनका क्रममा उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर लापरबाही भेटिएको छ। ड्राइफ्रुट्स प्याकिङका लागि राखिएको बदाममा कीरा भेटिएपछि करिब ५ किलो बदाम जफत गरी नष्ट गरिएको विभागले जनाएको छ। उद्योगको सरसफाइ अत्यन्तै न्यून रहेको तथा कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको पनि पाइएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार अर्को आदेश नआएसम्म उत्पादन र बिक्री वितरण पूर्ण रूपमा रोक्का गरिएको छ। थप अनुसन्धानका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइएको छ। उद्योगलाई सुधार गरी तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।...
शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको भेट, शिक्षा क्षेत्रमा सहकार्य विस्तारमा जोड

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको भेट, शिक्षा क्षेत्रमा सहकार्य विस्तारमा जोड

Breaking News 1, Breaking News 2, uncategory, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्री पोखरेलको कार्यकक्षमा आज सम्पन्न भेटमा नेपाल–बेलायतबीचको सम्बन्ध सुदृढ बनाउने तथा शिक्षा क्षेत्रमा आपसी सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शैक्षिक विकासमा बेलायत सरकारले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै सातै प्रदेशमा सञ्चालन गर्न लागिएको ‘अटिजम’ विद्यालयका लागि थप सहयोगको अपेक्षा गरेका थिए। उनले विशेषगरी उक्त विद्यालयका लागि आवश्यक स्रोत र जनशक्ति विकासमा सहयोग गर्न राजदूत फेनसमक्ष अनुरोध गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ।...
गण्डकीमा मन्त्रिमण्डल फेरबदल आजै, नयाँ मन्त्रीको शपथ हुँदै

गण्डकीमा मन्त्रिमण्डल फेरबदल आजै, नयाँ मन्त्रीको शपथ हुँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं । गण्डकी प्रदेश सरकारमा आज (वैशाख २) मन्त्रिमण्डल पुनर्गठन गरिने भएको छ। यसअन्तर्गत नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम पनि आजै तय गरिएको छ। मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाका अनुसार, नयाँ मन्त्रीहरूलाई मध्याह्न १२ बजे पोखरास्थित पर्यटन बोर्ड प्रादेशिक कार्यालयमा शपथ गराइनेछ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाहेक वर्तमान मन्त्रिपरिषद्का सबै सदस्यहरू परिवर्तन गरिने जनाइएको छ। हाल गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट अर्थमन्त्री टकराज गुरुङ, वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा रहेका छन्। त्यस्तै नेकपा एमालेबाट भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर केसी, कृषि तथा भूमि व्यवस्था मन्त्री पद्या जिसी श्रेष्ठ, स्वास्थ्य मन्त्री कृष्ण पाठक र पर्यटन मन्त्री मित्रलाल बस्याल कार्यरत छन्। नयाँ मन्त्रिपरिषद्मा कस–कसलाई समावेश गरिने भ...
टुँडिखेलमा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो, नेपालकै पहलमा विश्वभर मनाउन थालियो

टुँडिखेलमा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो, नेपालकै पहलमा विश्वभर मनाउन थालियो

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
टुँडिखेलमा प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस मनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आज टुँडिखेलमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल, पर्यटनमन्त्री खडकराज पौडेलसहित विभिन्न संघ–संस्था र सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। यो दिवस नेपालको पहलमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै आएको हो। समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो। नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको थियो, जसअनुसार अब हरेक वर्ष यो दिवस मनाइनेछ।...
हेटौँडा सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
बागमती। आर्थिक सङ्कटसँग जुधिरहेको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित तथा पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको छ। सरकारले रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्ने घोषणा गरेसँगै लामो समयदेखि कहिले सञ्चालन हुने र कहिले बन्द हुने अवस्थाबाट गुज्रिरहेको उक्त उद्योगलाई स्थायी रूपमा सञ्चालन गर्नुपर्ने आवाज उठेको हो। सांसद प्रकाश गौतमले उद्योगलाई नियमित सञ्चालनमा ल्याउन संघीय तथा बागमती प्रदेश सरकारसँग निरन्तर पहल भइरहेको बताएका छन्। उनले प्रधानमन्त्री र उद्योगमन्त्रीसँग समेत छलफल भएको जानकारी दिँदै बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि सकारात्मक छलफल भएको बताए। “उद्योगलाई कसरी नियमित सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सबै तहमा कुरा भइरहेको छ,” सांसद गौतमले भने, “कर्मचारी र सरोकारवालासँग पनि छलफल भएको छ, सुझाव सकारात्मक छन्।” उनका अनुसार उद्योगमा राजनीतिक हस्तक्षेप, व्यवस्थापन कमजोरी र भ्रष्टाचार...
पूर्वमन्त्री दीपक खड्काको फाइल अख्तियारमा पठाइयो, थप अनुसन्धान अघि बढ्ने

पूर्वमन्त्री दीपक खड्काको फाइल अख्तियारमा पठाइयो, थप अनुसन्धान अघि बढ्ने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री दीपक खड्कासम्बन्धी अनुसन्धान फाइल प्रारम्भिक प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ। विभागले सोमबार खड्काविरुद्ध संकलित प्रमाणहरू अख्तियारलाई बुझाएको हो। खड्का हाल सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका छन्। उनलाई चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो। यसअघि विभागले म्याद लिएर उनीमाथि अनुसन्धान गरिरहेको थियो। तर, हाल प्रचलित कानुनी व्यवस्थाअनुसार सम्बन्धित मूल कसुरको अनुसन्धान भइरहेको निकायमार्फत नै मुद्दा अघि बढाउनुपर्ने भएकाले फाइल अख्तियारमा पठाइएको बताइएको छ। यसैबीच, गृहमन्त्री सुधन गुरुङ टंगालस्थित अख्तियारको कार्यालय पुगेर प्रमुख आयुक्त प्रेम राईसँग भेट गरेका छन्। भेटमा खड्काको अनुसन्धान प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको एक उच्च अधिकृतले जानकारी दिएका छन्। विभा...
स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
२ वैशाख, काठमाडौं — आज नेपालसहित विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षदेखि यो दिवस औपचारिक रूपमा सुरु गरिएको हो। संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो। नेपालले प्रस्तुत गरेको प्रस्ताव गत फागुन २६ गते महासभाबाट अनुमोदन भएपछि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको हो। यो दिवसको मुख्य उद्देश्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासलाई प्रोत्साहन गर्नु, रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनु तथा स्वस्थ जीवनशैली र निवारणमुखी स्वास्थ्य प्रणालीलाई प्रवर्द्धन गर्नु हो। संयुक्त राष्ट्रसंघले परम्परागत ज्ञान, आदिवासी तथा स्थानीय समुदायका स्वास्थ्य अभ्यासहरूलाई समेत सम्मान गर्दै प्रमाणमा आधारि...
समानुपातिक सांसदहरूसँग आज प्रधानमन्त्री बालेनको अन्तरक्रिया

समानुपातिक सांसदहरूसँग आज प्रधानमन्त्री बालेनको अन्तरक्रिया

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदहरूसँग आज (वैशाख २) अन्तरक्रिया गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे उक्त छलफल आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार, प्रतिनिधिसभामा रहेका सबै दलका समानुपातिक सांसदहरूलाई सहभागी गराई प्रधानमन्त्री बालेनले प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको हो। यसअघि उनले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरिसकेका छन्। प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष समन्वय र संवादलाई सुदृढ बनाउँदै नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। अन्तरक्रियामा सहभागी सांसदहरूले आफ्नो–आफ्नो क्लस्टरअन्तर्गतका समस्या, चुनौती तथ...
आज नयाँ वर्ष २०८३ मा सपनातीर्थमा भक्तजनको देखियो घुइँचो

आज नयाँ वर्ष २०८३ मा सपनातीर्थमा भक्तजनको देखियो घुइँचो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
  काठमाडौँ — नयाँ वर्ष २०८३ सालको पावन अवसरमा टोखा नगरपालिका–२ मा अवस्थित सपना तीर्थ क्षेत्रमा आज बिहानदेखि नै भक्तजनहरूको उल्लेखनीय भीडभाड देखिएको छ। नयाँ वर्षको सुरुवात शुभ बनाउने उद्देश्यले देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनहरू तीर्थस्थलमा दर्शन तथा पूजाआजा गर्न ठूलो संख्यामा उपस्थित भएका हुन्। बिहानैदेखि सुरु भएको भक्तजनहरूको आगमन दिउँसोसम्म अझै बढ्दै गएको देखिएको थियो। मेला स्थलमा विशेष पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो। तीर्थ क्षेत्रमा लामो लाइनमा बसेर भक्तजनहरूले पालैपालो दर्शन गरेका थिए। संखुवासभा, धादिङ, नुवाकोट लगायतका जिल्लाबाट आएका भक्तजनहरूले सपना तीर्थमा दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्षको पहिलो दिन धार्मिक स्थलमा पुगेर पूजाआजा गर्दा वर्षभरि सुख, शान्ति र समृद्धि प्राप्त हुने ज...
ऊर्जा मन्त्री श्रेष्ठद्वारा चैत महिनाको कार्यसम्पादन सार्वजनिक

ऊर्जा मन्त्री श्रेष्ठद्वारा चैत महिनाको कार्यसम्पादन सार्वजनिक

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं। विराजभक्त श्रेष्ठले पदभार सम्हालेको दुई साताभित्र (चैत महिनामा) सम्पन्न प्रमुख कामहरूको विवरण सार्वजनिक गरेका छन्। उनका अनुसार शासकीय सुधार कार्यसूची कार्यान्वयनका लागि मातहत निकाय परिचालन गरिएको छ भने सुशासन ऐनअनुसार सुशासन इकाइ गठन गरिएको छ। साथै, ‘डेलिभरीमा आधारित शासन प्रणाली’मार्फत कर्मचारी कार्यसम्पादन अनुगमन र स्रोतको सदुपयोगमा निगरानी बढाइएको छ। विद्युत् हटलाइन ११५१ लाई प्रभावकारी बनाइएको र दुई सातामा प्राप्त ४,२६९ गुनासो शतप्रतिशत समाधान गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन्। यस अवधिमा ऊर्जा निर्यात तथा खपत रणनीति तयारी समिति, अलपत्र आयोजना पुनरावलोकन समिति र ‘पेन्डिङ पीपीए’ टुंग्याउने समितिसमेत गठन गरिएको छ। ऊर्जा सम्बन्धी विभिन्न विधेयक आगामी संसद अधिवेशनमा पेश गर्ने तयारी रहेको जनाइएको छ। मन्त्रालयका अनुसार शहीद परिवारलाई रोजगारी उपलब्ध गराउने प्रक्रिया अघि ब...