स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै
२ वैशाख, काठमाडौं — आज नेपालसहित विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षदेखि यो दिवस औपचारिक रूपमा सुरु गरिएको हो।
संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो। नेपालले प्रस्तुत गरेको प्रस्ताव गत फागुन २६ गते महासभाबाट अनुमोदन भएपछि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको हो।
यो दिवसको मुख्य उद्देश्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासलाई प्रोत्साहन गर्नु, रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनु तथा स्वस्थ जीवनशैली र निवारणमुखी स्वास्थ्य प्रणालीलाई प्रवर्द्धन गर्नु हो।
संयुक्त राष्ट्रसंघले परम्परागत ज्ञान, आदिवासी तथा स्थानीय समुदायका स्वास्थ्य अभ्यासहरूलाई समेत सम्मान गर्दै प्रमाणमा आधारि...















