झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, सातै जनाको मृत्यु
भारतको झारखण्ड राज्यको चतरा जिल्लामा एयर एम्बुलेन्स दुर्घटना हुँदा विमानमा सवार सबै सात जनाको मृत्यु भएको छ। राँचीस्थित Birsa Munda Airportबाट दिल्लीका लागि उडेको Redbird Airwaysको ‘बीचक्राफ्ट सी–९०’ विमान जङ्गल क्षेत्रमा खसेको हो।
दुर्घटनामा एक बिरामी, दुई क्याप्टेन, एक चिकित्सक, एक प्यारामेडिक र दुई सहयोगीसहित सात जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
Directorate General of Civil Aviation (DGCA) का अनुसार उडानपछि खराब मौसमका कारण मार्ग परिवर्तनको अनुरोध गरिएको थियो। केही समयमै रडार सम्पर्क विच्छेद भएको बताइएको छ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन Aircraft Accident Investigation Bureau (AAIB) ले अनुसन्धान सुरु गरेको छ।...















