खेलकुद

अमेरिकाविरुद्ध नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु, वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि सुरु

अमेरिकाविरुद्ध नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु, वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि सुरु

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा पहिलोपटक सञ्चालन भएको वुमेन्स च्यालेन्ज ट्रफी २०२६ मा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपाली महिला टोलीले उद्घाटन खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:४५ बजे सुरु हुनेछ। यो खेल नेपालका लागि विशेष अर्थ राख्छ, किनभने टी–२० अन्तर्राष्ट्रिय मान्यतामा अमेरिकासँग नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि दुवै टोलीबीच अभ्यास खेल भए पनि ती खेलले अन्तर्राष्ट्रिय मान्यता पाएका थिएनन्। नेपाल मात्र होइन, प्रतियोगितामा सहभागी अधिकांश टोलीसँग पनि नेपाली महिला टोलीले पहिलोपटक टी–२० आई खेल खेल्दैछ। अप्रिल १८ देखि मे १ सम्म चल्ने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्। प्रतियोगिता डबल राउण्ड रोबिन प्रणाली...
वुमेन्स च्यालेन्ज ट्रफी २०२६ : अमेरिकाविरुद्ध आज नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु भिडन्त

वुमेन्स च्यालेन्ज ट्रफी २०२६ : अमेरिकाविरुद्ध आज नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु भिडन्त

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं – ICC Women's Challenge Trophy 2026 अन्तर्गत नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल Gahanga International Cricket Stadium मा साँझ ४:४५ बजे सुरु हुनेछ। टी–२० अन्तर्राष्ट्रिय मान्यतासहित अमेरिकाविरुद्ध नेपालले पहिलो पटक खेल्न लागेको हो। यसअघि यी दुई टोलीबीच अभ्यास खेल भए पनि आधिकारिक टी–२०आई मान्यता प्राप्त थिएन। प्रतियोगितामा सहभागी अन्य टोलीहरूसँग पनि नेपालले पहिलो पटक टी–२०आई प्रतिस्पर्धा गर्दैछ। अप्रिल १८ देखि मे १ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्। डबल राउण्ड रोबिन आधारमा खेलिने प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अन्त्यमा सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ। नेपाल महिला टोली पहिलो पटक रुवान्डामा अन्तर्राष्ट...

पुलिसलाई हराउँदै झापा–११ फाइनलमा

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’को ३८औँ संस्करणमा पूर्वविजेता झापा–११ फाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित सहिद मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो। झापाको जितमा फागुराम थारूले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। उनले खेलको ६७औँ मिनेटमा ‘सेकेन्ड बार’ नजिकबाट गरेको शक्तिशाली प्रहार जालीमा परिणत हुँदा झापाको जित सुनिश्चित भएको थियो। यस जितसँगै झापाले १० वर्षअघिको हारको बदला पनि लिएको छ। २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिसबीच भएको प्रतिस्पर्धामा पुलिसले १–० ले नै जित हासिल गरेको थियो। तर, एक दशकपछि सोही मैदानमा उही नतिजा उल्टाउँदै झापाले फाइनल यात्रा तय गरेको हो। खेलको ‘प्लेयर अफ द म्याच’ झापा–११ का सोलोमन किङ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्का...
इशान किशनको विस्फोटक ब्याटिङ, सनराइजर्स हैदराबादको शानदार जित

इशान किशनको विस्फोटक ब्याटिङ, सनराइजर्स हैदराबादको शानदार जित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ। इन्डियन प्रिमियर लिग (IPL) २०२६ अन्तर्गत सोमबार भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल खडा गरेको थियो। टोलीका कप्तान इशान किशनले उत्कृष्ट प्रदर्शन गर्दै मात्र ४४ बलमा ८ चौका र ६ छक्काको मद्दतले ९१ रनको विस्फोटक इनिङ खेले। त्यस्तै हेनरिक क्लासेनले ४० रन र नितीश कुमार रेड्डीले २८ रनको योगदान दिएपछि हैदराबादले बलियो लक्ष्य प्रस्तुत गरेको हो। राजस्थान रोयल्सका लागि जोफ्रा आर्चरले २ विकेट लिए। बलिङतर्फ हैदराबादका प्रफुल हिन्ज र साकिब हुसैनले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी ब्याटिङ लाइनअप ध्वस्त पारे। २१७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सको सुरुवा...
प्रधानमन्त्री कप क्रिकेट: आज दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेट: आज दुई खेल हुँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ — प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (चैत २५) दुई खेल हुँदैछन्। पहिलो खेलमा वाग्मती प्रदेश र कोसी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। वाग्मती प्रदेश तेस्रो जितको खोजीमा मैदान उत्रनेछ। हाल तालिकाको सातौँ स्थानमा रहेको वाग्मतीले ६ खेलमा दुई जित र चार हारसहित ४ अंक जोडेको छ। कोसी प्रदेश भने पहिलो जित निकाल्ने लक्ष्यमा छ। तालिकाको पुछारमा रहेको कोसीले ६ खेलमा पाँच हार व्यहोर्दै १ अंक मात्र जोडेको छ भने एक खेल रद्द भएको थियो। यी दुई टोलीबीचको खेल जनकपुरस्थित रामजानकी बहुद्देश्यीय रंगशालामा बिहान ९:३० बजे सुरु हुनेछ। आजै हुने दोस्रो खेलमा गण्डकी प्रदेशले मधेस प्रदेशको सामना गर्नेछ। गण्डकी प्रदेश तेस्रो जितको खोजीमा हुनेछ। तालिकाको छैटौँ स्थानमा रहेको गण्डकीले ६ खेलमा दुई जित, तीन हार र एक खेल रद्द हुँदा ५ अंक जोडेको छ। मधेस प्रदेश भने चौथो जित निकाल्ने ...
प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ। वीरगञ्जको नारायणी रंगशालामा सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २२७ रन बनाएको थियो। गण्डकीका अर्जुन कुमालले १०२ रन बनाए भने विपिन खत्रीले ७६ रन योगदान गरे। कोशी प्रदेशले जबाबी ब्याटिङमा ५० ओभरमा नौ विकेट गुमाउँदै १८८ रनमा मात्र समेटियो। कोशीका दिपेश कँडेलले ५२ रन र आशिष मगरले ३० रन जोडे। गण्डकीका सिव्रिन श्रेष्ठले तीन विकेट लिए भने अपराजित पौडेलले दुई विकेट लिए। आजको खेलको उत्कृष्ट प्रदर्शनको आधारमा गण्डकी प्रदेशका अर्जुन कुमाललाई ‘म्यान अफ दि म्याच’ घोषणा गरिएको छ। प्रतियोगितामा तीन विभागीय टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब—सहित सात प्रदेशका टोली गरी जम्मा १० टोलीको ...
गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था

गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था

Breaking News 1, Breaking News 2, English, अन्तर्राष्ट्रिय, आजको विशेष, कोशी प्रदेश, खेलकुद, गण्डकी, ताजा अपडेट, धर्म / संस्कृति, पर्यटन, प्रदेश समाचार, ब्यापार, मधेस प्रदेश, राजनीति, विचार, समाचार
गृहमन्त्री सुधन गुरुङद्वारा मन्त्रालयमै सर्वसाधारणका गुनासा सुन्ने व्यवस्था काठमाडौं — गृहमन्त्री सुधन गुरुङले सर्वसाधारणका समस्या प्रत्यक्ष रूपमा बुझ्न मन्त्रालयमै बोलाएर गुनासा सुन्ने व्यवस्था सुरु गरेका छन्। यस क्रममा देशका विभिन्न स्थानबाट आएका नागरिकहरूले आफ्ना समस्या र पीडा गृहमन्त्रीसमक्ष राखेका थिए। गुनासा राख्ने अधिकांशले अझै पनि न्याय प्राप्ति सहज नभएको गुनासो गरेका छन्। उनीहरूले पहुँच र शक्तिका आधारमा अन्याय सहनुपरेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। कार्यक्रममा सहभागीहरूले गृहमन्त्रीसँग प्रत्यक्ष भेटघाट गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना अनुभव पनि साझा गरेका थिए। एक सहभागीले भने, “धेरै गृहमन्त्री आए, तर तपाईँजस्तो सर्वसाधारणको आवाज सुन्ने व्यक्ति पाउन सकेनौँ। हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद।” गृहमन्त्री गुरुङले उठेका गुनासालाई गम्भीरतापूर्वक लिँदै समा...
प्लानिङ ब्वाइजसँग एपिएफको बराबरी

प्लानिङ ब्वाइजसँग एपिएफको बराबरी

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
राष्ट्रिय लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ। खेलको २२औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाएका थिए। तर, ६२औँ मिनेटमा एलेक्स विलियनले गोल गर्दै प्लानिङ ब्वाइजलाई १–१ को बराबरीमा पुर्‍याए। यो नतिजासँगै एपिएफले ९ खेलबाट २१ अंक जोडेको छ। प्लानिङ ब्वाइज १९ अंकसहित दोस्रो स्थानमा रहेको छ। लिगमा एपिएफको लगातार दोस्रो तथा प्लानिङ ब्वाइजको लगातार तेस्रो बराबरी हो। लिगमा अपराजित रहेका लालिगुराँस र मच्छिन्द्र एफसीको पनि समान १९ अंक नै रहेको छ। गोलअन्तरका आधारमा प्लानिङ ब्वाइज दोस्रो स्थानमा रहेको हो। यसैबीच, अर्को खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले पराजित गरेको छ। फ्रेन्ड्सका लागि मिडफिल्डर प्रशान्त लक्समले एक गोल गरे भने अर्को गोल आत्मघाती रह्यो। निर्धा...
नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा

नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, समाचार
१५ फागुन, काठमाडौं।नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पुलिसले उपाधि यात्रा तय गरेको हो। बागमतीले दोस्रो इनिङमा दिएको ८९ रनको लक्ष्य पुलिसले तेस्रो सत्रमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो। पुलिसका लागि सोहेल कुँवरले अविजित ३५ रन बनाए। शंकर रानाले २७ रन जोडे भने करण केसी २५ रनमा अविजित रहे। बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए। यसअघि, पुलिसले पहिलो इनिङमा बनाएको १४९ रनको अग्रता पछ्याउँदै बागमती दोस्रो इनिङमा २३७ रनमै अलआउट भयो। इशान पाण्डेले सर्वाधिक ८० रन बनाए भने बिबेक मगरले ४५ रन जोडे। सूर्य तामाङ ३० रनमा अविजित रहे। पुलिसका ललित राजवंशीले २६.२ ओभरमा ८४ रन खर्चेर ५ विकेट लिए। राशिद खानले ३ तथा करण केसीले १ विकेट हात पारे। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बा...
राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सुरु

राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सुरु

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
१० फागुन, काठमाडौं — मोफसलका प्रतियोगिताका कारण स्थगित गरिएको राष्ट्रिय लिग फुटबल आजदेखि पुनः सञ्चालनमा आउँदैछ। आजको पहिलो खेलमा एपीएफ एफसी र नव जनजागृति क्लब आमनेसामने हुनेछन्। खेल दिउँसो १२ः१५ बजे अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा सुरु हुनेछ। त्यसैगरी, अपराह्न ४ बजे न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लब बीच प्रतिस्पर्धा हुनेछ। यो खेल पनि एन्फा कम्प्लेक्समै आयोजना गरिँदैछ। आजको खेल जित्न सके एपीएफ र एनआरटीले शीर्ष स्थानमा रहेको मछिन्द्र एफसी सँग अंक बराबरी गर्ने अवसर पाउनेछन्। एपीएफ पाँच खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ भने समान अंक भए पनि गोलअन्तरका आधारमा एनआरटी चौथो स्थानमा रहेको छ। हाल मछिन्द्रले ६ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ। लिगमा मछिन्द्रसँगै लालिगुराँस एसोसिएसन, एपीएफ र त्रिभुवन आर्मी एफसी अपराजित टोलीका रूपमा रहेका छन्। एन्...