सदनबाट निस्किएर हर्क साम्पाङले भने– ‘हाम्रो विरोध ५ वर्ष नै चल्छ, निलम्बन खेप्न तयार छौँ’
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको स्पष्ट पारेका छन् । संसद बैठकमा पर्चा देखाएर गरिएको विरोधलाई निरन्तरता दिने उनले बताएका छन् ।
आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए । सभामुखले उनीहरूलाई आइन्दा यस्तो व्यवहार नगर्न चेतावनी दिएका थिए । तर सदनबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले विरोध जारी रहने बताएका हुन् ।
उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’
आफूहरूले सुकुमबासी, लिपुलेक, विदेशी ऋणलगायत विषयमा प्रश्न उठाए पनि मन्त्रीहरूले जवाफ नदिएको उनले बताए ।
‘हामीले उत्तर पाएका छैनौँ । मन्त्रीहरू आउनुहुन्न । दबाबपछि आज २–४ जना मन्त्री आउनुभयो, तर हामीले प्रश्न गर्न पाएनौँ,’ साम्पाङले भन...















