कमला नदीको अस्थायी बाँध भत्किँदा आवतजावत प्रभावित
लहान, वैशाख १५ । मधेश प्रदेशको महत्वपूर्ण हुलाकी मार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माण गरिएको अस्थायी बाँध लगातार दुई दिनको वर्षापछि पानीको सतह बढ्दा भत्किएको छ। बाँध भत्किएसँगै केही समयका लागि आवतजावत पूर्ण रूपमा प्रभावित बनेको थियो।
पुलको डाइभर्सनभन्दा करिब तीन सय मिटर अगाडि बनाइएको उक्त बाँध बीच भागमै क्षतिग्रस्त भएपछि सवारी साधन सञ्चालनमा अवरोध आएको स्थानीयले बताएका छन्। सिरहा नगरपालिका–५ का वडाध्यक्ष जागेश्वर यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारी साधन बाटोमै अलपत्र परेका थिए, जसलाई स्थानीयको सक्रियतामा व्यवस्थापन गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले तत्काल जेसीबी प्रयोग गरी माटो हालेर समस्या अस्थायी रूपमा समाधान गरिएको जानकारी दिनुभयो। वर्षायाममा दीर्घकालीन समाधानका लागि सिरहाका विभिन्न निर्वाच...















