आजदेखि एसईई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी
काठमाडौं — आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभर एकैपटक सुरु भएको छ। यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी हुँदैछन्।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतझैँ सबै केन्द्रमा एकै समयमा परीक्षा सञ्चालन गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार बिहान ८ बजेदेखि देशभरका तोकिएका केन्द्रबाट परीक्षा सुरु भएको छ, जुन २९ गतेसम्म सञ्चालन हुनेछ।
यस वर्ष नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ परीक्षार्थी सहभागी छन्। परीक्षामा छात्राको सङ्ख्या बढी देखिएको छ—२ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र अन्य ७ जना सहभागी छन्।
देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरिएका छन् भने ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षा दिइरहेका छन्। जापानस्थित एक परीक्षा केन्द्रबाट समे...















