कोशी प्रदेश

झापा–५ मा रास्वपाको प्रारम्भिक अग्रता

झापा–५ मा रास्वपाको प्रारम्भिक अग्रता

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
झापा क्षेत्र नम्बर–५ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह अग्रता लिएका छन्। प्राप्त विवरण अनुसार बालेन्द्र शाहले १,४७८ मत प्राप्त गरेका छन्। यता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने बताइएको छ। 🗳️...
मोरङमा नगदसहित गाडी नियन्त्रणमा, तीन जना सोधपुछपछि रिहा

मोरङमा नगदसहित गाडी नियन्त्रणमा, तीन जना सोधपुछपछि रिहा

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
मोरङ: निर्वाचन प्रचारप्रसारका क्रममा नगद रकमसहित भेटिएको एक सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली कांग्रेसको प्रचारमा हिँडेको उक्त गाडीबाट करिब ४ लाख ५० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन्। प्रहरीले नगद र सवारीसाधनसहित तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोधपुछपछि तीनै जनालाई रिहा गरिएको छ भने बरामद गरिएको नगद र गाडी आवश्यक छानबिनका लागि मोरङ क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा बुझाइएको जनाइएको छ। मोरङ–२ मा नेपाली कांग्रेस बाट मिनेन्द्र रिजाल उम्मेदवार छन्। त्यस्तै नेकपा (एमाले) बाट दिलिपकुमार अग्रवाल, नेपाल कम्युनिष्ट पार्टी बाट चन्द्रवीर राई र राष्ट्रिय स्वतन्त्र पार्टी बाट कृष्णकुमार कार्की उम्मेदवार रहेका छन्।...
निर्वाचन सुरक्षाका लागि खटिएको नेपाली सेनाको बस भोजपुरमा दुर्घटनाग्रस्त, २४ जना घाइते

निर्वाचन सुरक्षाका लागि खटिएको नेपाली सेनाको बस भोजपुरमा दुर्घटनाग्रस्त, २४ जना घाइते

Breaking News 1, Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, समाचार
भोजपुर — प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि खटिएको नेपाली सेनाको टोली सवार बस भोजपुरमा दुर्घटनाग्रस्त भएको छ। बुधबार बिहान भोजपुर नगरपालिका–३, सेतीबगर क्षेत्रमा भएको उक्त दुर्घटनामा सेनाका २४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न जाँदै गरेको श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा चालक र सहचालकसहित कुल २६ जना सवार रहेका थिए। दुर्घटनामा घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेकोले उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्ध...
छोराको पक्षमा भोट मागेपछि वडाध्यक्ष प्रभात आचार्य एमालेबाट निष्कासित

छोराको पक्षमा भोट मागेपछि वडाध्यक्ष प्रभात आचार्य एमालेबाट निष्कासित

Breaking News 1, Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
इटहरी — नेकपा (एमाले) सुनसरीले इटहरी उपमहानगरपालिका–१७ का वडाध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ । अन्य राजनीतिक दलबाट उम्मेदवार बनेका आफ्नै छोराको पक्षमा भोट मागेको र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा उनलाई कारबाही गरिएको एमालेले जनाएको छ । एमाले सुनसरीका अनुसार आचार्यलाई यसअघि पटक–पटक सचेत गरिए पनि उनले पार्टी अनुशासन र निर्देशनलाई बेवास्ता गर्दै गतिविधि जारी राखेका थिए । पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध गएको ठहर गर्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो । आचार्य स्थानीय तह निर्वाचनका बेला माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका थिए । एमालेबाट निर्वाचित भई वडाध्यक्ष बनेका उनीमाथि पछिल्लो गतिविधिले पार्टीको अनुशासन उल्लंघन गरेको निष्कर्ष निकालिएको एमालेले जनाएको छ ।...
ओली निरन्तर आफ्नै निर्वाचन क्षेत्रमा सक्रिय, आज फेरि झापा जाँदै

ओली निरन्तर आफ्नै निर्वाचन क्षेत्रमा सक्रिय, आज फेरि झापा जाँदै

Breaking News 1, Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भई मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका छन्। यसअघि ओली मुख्यतः आमसभा र सिमित कार्यक्रममा मात्र देखा पर्दथे, तर हाल उनी घर–घर पुगेर मतदातासँग संवाद गर्ने कार्यमा सक्रिय देखिएका छन्। विश्लेषकहरूका अनुसार यो कदम केवल चुनावी रणनीति नभई राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखा परेका केही चुनौतीसँग पनि सम्बन्धित हुन सक्छ। गत माघ २३ गते झापा आएर सात दिनमा करिब ८० वटा गाउँ भ्रमण गरेका ओली आज पुनः झापा भ्रमणमा लाग्ने कार्यक्रम छ। उनी बिहान १०:२० बजे काठमाडौंबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा जानेछन्। आइतबार अध्यक्ष ओली शिक्षक भेला, धिमाल जाति समुदायको भेला र मुस्लिम समुदायसँगको भेलामा सहभागी हुनेछन्। त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा क्षेत्रीय कार्यकर्ता र आम नागरिकसँग प्रत्यक्ष भेटघाट कार्यक्रम रहने नेकपा एमाल...
बस दुर्घटनामा ज्यान गुमाएका दीपेश बस्नेत बसका धनी र रास्वपाका संगठन प्रमुख

बस दुर्घटनामा ज्यान गुमाएका दीपेश बस्नेत बसका धनी र रास्वपाका संगठन प्रमुख

Breaking News 1, Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
रामेछापको तामाकोसी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये दीपेश बस्नेत पनि रहेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप अन्तर्गत लिखु तामाकोसी गाउँपालिकाका संगठन विभाग प्रमुख थिए। वैदेशिक रोजगारीका लागि कतार गएर करिब एक वर्षअघि मात्रै स्वदेश फर्किएका दीपेशले ६ महिनाअघि उक्त बस खरिद गरेका थिए। दुर्घटनामा परेको बसका धनी समेत रहेका उनी कहिलेकाहीँ आफैं पनि सोही बसमा यात्रा गर्ने गर्थे। आज पनि यात्रु लिएर ओखलढुंगातर्फ जाँदै गरेका बेला रामेछाप बजार पार गरेलगत्तै बस तामाकोसीमा खस्दा उनको दुःखद निधन भएको हो।...
रामेछाप बस दुर्घटना अपडेट

रामेछाप बस दुर्घटना अपडेट

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, बागमती, समाचार
रामेछाप मन्थली नजिक भएको बस दुर्घटनामा ज्यान गुमाउने १२ मध्ये १० जनाको सनाखत गरिएको छ। मृतकको नामसहितको विवरण यस प्रकार छ: लिखु तामाकोशी–७: भीमबहादुर तामाङ (३८), सानुमाया तामाङ (३५), रमिता तामाङ (२६), तारा तामाङ (३१) लिखु तामाकोशी–४: बबी तामाङ (२२), दीपेन्द्र बस्नेत (२६) लिखु तामाकोशी–६: दीपेश बस्नेत, मानकुमारी बरुवाल (४५) सिन्धुली गोलन्जोर–६: शिव श्रेष्ठ (३४) दोलखा भीमेश्वर–८: मानबहादुर तामाङ (६०) मृतक दुई जनाको सनाखत अझै बाँकी छ। प्रहरीका अनुसार दुर्घटनामा बस चालकसहित ८ जना घाइते भएका छन्। घाइतेहरू खुर्कोट शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचाररत छन्। बस चालकलाई नियन्त्रणमा लिइएको छ र बाँकी यात्रुको खोजतलाश जारी छ। दुर्घटना भएको बस अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको, काठमाडौँ–ओखलढुङ्गा मार्गको मसानटार, मन्थली...
तामाकोसीमा बस खस्दा दुःखद घटना, उद्धार कार्य जारी

तामाकोसीमा बस खस्दा दुःखद घटना, उद्धार कार्य जारी

Breaking News 1, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, पर्यटन, बागमती, समाचार
काठमाडौँबाट ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–पोल्थली रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मन्थली नजिक सेलेघाट क्षेत्रबाट तामाकोसी नदीमा खसेको दुःखद खबर प्राप्त भएको छ। उक्त घटनापछि सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा उद्धार तथा राहत कार्य तीव्र रूपमा अघि बढाइएको छ। घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई उद्धार कार्य अझ प्रभावकारी बनाउन आग्रह गरिएको छ। बसमा सवार सबै यात्रुको सकुशल उद्धार होस् भन्ने कामनासहित घटनाको थप विवरण आउन बाँकी छ।...
श्रीकृष्णा प्रणामी प्रतिष्ठान नेपाल मुक्तिधाम इटहरीको ४७औँ वार्षिकोत्सव तथा मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ मा मोहनी को माहाराजा लाई भब्य सम्मान

श्रीकृष्णा प्रणामी प्रतिष्ठान नेपाल मुक्तिधाम इटहरीको ४७औँ वार्षिकोत्सव तथा मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ मा मोहनी को माहाराजा लाई भब्य सम्मान

Breaking News 1, Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
  इटहरी । श्रीकृष्णा प्रणामी प्रतिष्ठान नेपाल मुक्तिधाम, इटहरीको ४७औँ वार्षिकोत्सवका अवसरमा आयोजित मंगल राधिका सदानन्द प्रणामी अस्पतालद्वारा सञ्चालित मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ भव्य रूपमा सम्पन्न भएको छ। आध्यात्मिक जागरण, मानव कल्याण तथा स्वास्थ्य सचेतनालाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रम भक्तजनका लागि विशेष महत्वको अवसर बनेको थियो। कार्यक्रममा काठमाडौंबाट पूज्य मोहनीका महाराजा गुरु लाई भब्य रुपमा स्वागत गर्दै माया को चिनो प्रदान गरेको थियो भने सिक्किमबाट पधार्नु भएका कथावाचक पूज्य रोहित राज महाराजा जीले आफ्नो प्रवचनमार्फत भक्तजनलाई आध्यात्मिक ज्ञान प्रदान गर्नुभएको थियो। उहाँहरूको प्रेरणादायी प्रवचनले कार्यक्रममा उपस्थित सम्पूर्ण श्रद्धालुहरूलाई आध्यात्मिक ऊर्जा र मार्गदर्शन प्रदान गरेको थियो।   उक्त अवसरमा देशका विभिन्न स्थानबाट पधार्नु भएका गुरुजन, साधु–...
ओली झापा ५ मा एक साता बस्दै, निर्वाचन तयारीमा जुटे

ओली झापा ५ मा एक साता बस्दै, निर्वाचन तयारीमा जुटे

Breaking News 1, Breaking News 2, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५मा एक साता बस्ने कार्यक्रमसहित आइपुगेका छन्। आज चन्द्रगढी विमानस्थलमा उत्रिएपछि उनी बिर्तामोड हुँदै निर्वाचन क्षेत्र–५ पुगेका थिए। उनी विमानस्थलमा प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरे लगायत एमालेका नेताहरू र कार्यकर्ताहरूले स्वागत गरेका थिए। सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले झापामा भइरहेको निर्वाचन तयारीबारे सुझाव मागे। अध्यक्ष ओलीले शान्ति सुरक्षाको अवस्था र निर्वाचन वातावरणबारे पत्रकारहरूको प्रतिक्रिया सुनेपछि कार्यकर्ताहरुलाई अपिल गर्दै भने, “देश अहिले विषम परिस्थितिमा छ। देशलाई जोगाउन आवश्यक छ कि झापा एमालेमय र समग्र देश एमालेमय बनोस्।” उनले यसपटक झापालाई आफूले ‘ओलीमय’ बनाउने दाबी पनि गरे। एमाले अध्यक्ष ओली यसअघि माघ ५ गते प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ता गराउन झापा आएका थिए ...