बागमती नदीमा फोहर फाल्नेलाई शनिबारदेखि कानुनी कारबाही गरिने
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बग्ने बागमती नदी तथा नदी किनारमा फोहर फाल्ने कार्य नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। महानगरपालिकाले आगामी शनिबारदेखि बागमती नदी र यसको दायाँ–बायाँ क्षेत्रमा फोहर फाल्ने व्यक्ति, समूह वा संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट गरेको छ।
महानगरका अनुसार नदी प्रदूषण बढ्दै जाँदा वातावरण, जनस्वास्थ्य र शहरी सौन्दर्यमा नकारात्मक असर परेकोले यस्तो कदम चालिएको हो। नदी सफा र व्यवस्थित राख्न नियमित अनुगमन गरिने तथा फोहर फाल्ने कार्य भेटिएमा जरिवाना तथा अन्य कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
महानगरपालिकाले बागमती नदीलाई स्वच्छ र सुरक्षित बनाउन सबै नागरिक, व्यवसायी तथा सरोकारवालालाई नदी किनारमा फोहर नफाल्न र सरसफाइ अभियानमा सहयोग गर्न पनि अनुरोध गरेको छ।...















