अन्तरजातीय प्रेमविवाह प्रकरणपछि प्रहरी हिरासतमा मृत्यु: सांसदहरूको अनिश्चितकालीन धर्ना, छानबिनको माग तीव्र
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
सिन्धुलीको खुर्काेटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएपछि घटना विवादित बनेको छ। सुनकोसी गाउँपालिका–३ का विकको शव पाँच दिनदेखि अस्पतालमै रहेको छ।
खोटाङकी एक बालिकासँग भएको अन्तरजातीय प्रेमविवाहपछि बालिकाको परिवारले जबरजस्ती करणीको मुद्दा दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। काठमाडौँबाट पक्राउ गरी सिन्धुली ल्याइएका विक वैशाख ७ गते साँझ हिरासतको भेन्टिलेटरमा सर्टको पासो लगाई आत्महत्याको प्रयास गरेको दाबी प्रहरीले गरेको छ। तर उपचारका क्रममा उनको मृत्यु भएको हो।
प्रहरीले आत्महत्या भएको दाबी गर्दै शव बुझ्न आग्रह गरे पनि मृतकका परिवारले घटना शंकास्पद भएको भन्दै कडा विरोध जनाएका छन्। मृतककी आमा बिन्दामाया विकले छोरा आत्महत्या नगरेको दाबी गर्दै प्रहरी हिरासतभित्र कुटपिट गरेर हत्या गरिएको आरोप लगाएकी छन्।
उनका अनुसार सर्टको कपडाले झुन्डिएर मृ...















