स्वस्थ्य

शिव शक्ति बाबा ले पोखरा मा गरे चमत्कार, पानी छोपेकै भरमा बिरामी लाई पारे निको

शिव शक्ति बाबा ले पोखरा मा गरे चमत्कार, पानी छोपेकै भरमा बिरामी लाई पारे निको

Breaking News 1, Breaking News 2, आजको विशेष, गण्डकी, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
पोखरामा आयोजित आध्यात्मिक शिविरमा परमपुज्य जगत गुरु शिव शक्ति बाबा ले भक्तजनलाई सेवा दिइरहेका छन्। करिब तीन दिनअघि बेगनास ताल, पोखरा मा पुगेका बाबाले शिविर सञ्चालन गर्दै हजारौँ भक्तजनलाई आशीर्वाद तथा आध्यात्मिक उपचार प्रदान गरेको छ। शिविरमा सहभागी भक्तजनका अनुसार बाबाले पानी छर्केर तथा आशीर्वाद दिएपछि विभिन्न समस्याबाट पीडित बिरामी ठाउँ को ठाउँ ठिक भएको जानकारी प्राप्त भएको छ। कतिपयले आँखा नदेख्नेले देख्न थालेको, कान नसुन्नेले सुन्न थालेको, बोली नफुटेकाको बोली खुलेको तथा हिँड्न नसक्ने व्यक्तिहरू हिँड्न सक्ने भएको छन्। विभिन्न रोगबाट पीडित भएर शिविरमा पुगेका बिरामीहरूलाई पनि बाबाको आशीर्वादपछि स्वास्थ्यमा सुधार आएको भन्दै धेरै भक्तजनले खुशी व्यक्त गरेका छन्। उनीहरूले शिव शक्ति बाबालाई आफ्नो जीवनमा आशा र विश्वास दिने व्यक्तित्वका रूपमा सम्मान गर्दै ‘हाम्रा लागि भगवानजस्तै’ भनेर प्रतिक...
कर्णाली र सुदूरपश्चिमलाई आयुर्वेदको केन्द्र बनाउने स्वास्थ्य मन्त्रीको घोषणा

कर्णाली र सुदूरपश्चिमलाई आयुर्वेदको केन्द्र बनाउने स्वास्थ्य मन्त्रीको घोषणा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार, सुदूरपश्चिम, स्वस्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आयुर्वेदिक औषधिको अनुसन्धान तथा उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएकी छन्। हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको सदुपयोग गर्दै आयुर्वेद औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको दीर्घकालीन योजना रहेको उनले स्पष्ट पारिन्। फार्मा एक्स्पोमा उद्योगी–व्यवसायीहरूलाई सम्बोधन गर्दै मन्त्री गौतमले एलोपेथिक (आधुनिक) औषधिको उत्पादन मध्य र पूर्वी नेपालमा केन्द्रित भएकाले अब आयुर्वेदिक क्षेत्रलाई पश्चिमतर्फ विस्तार गर्न आवश्यक रहेको बताइन्। उनका अनुसार यसले देशको सन्तुलित विकासमा टेवा पुर्‍याउने र आवश्यक पर्ने विभिन्न प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न सम्भव हुनेछ। हालै जुम्ला भ्रमणबाट फर्किएकी मन्त्री गौतमले हिमाली क्षेत्रमा पाइने जडीबुटीको अनुसन्धान र उपयोग बढाउनुपर्नेमा जोड द...
रोटरी क्लब वीरगञ्जद्वारा रक्तदान कार्यक्रम, ३ महिलासहित ४९ जनाले गरे रक्तदान

रोटरी क्लब वीरगञ्जद्वारा रक्तदान कार्यक्रम, ३ महिलासहित ४९ जनाले गरे रक्तदान

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, मधेस प्रदेश, समाचार, स्वस्थ्य
रामजी यादव९ फागुन, वीरगञ्ज (पर्सा) रोटरी क्लब वीरगञ्ज र रोटरी क्लब मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान नै जीवनदान हो” भन्ने नारासहित आयोजित कार्यक्रममा ३ महिलासहित ४९ जनाले रक्तदान गरेका छन्। रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको जानकारी प्राप्त भएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत छोटो समयमै कार्यक्रम आयोजना गरिएको मेट्रोपोलिसका अध्यक्ष संजय जोशीले बताए। कार्यक्रममा विभिन्न क्षेत्रका युवा, महिला तथा अग्रजहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले रक्तदानले कसैको ज्यान बचाउन सकिने भएकाले प्रत्येक सक्षम व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले रक्तदातालाई मानवताको सच्चा दूतको संज्ञा दिँदै आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए। वीरगञ्जस्थित माईस्थान पार्कमा सम्...
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानी सम्झौता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (कुकुल) ले भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल र स्वचालित बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) सँग सम्झौता गरेको छ। यससँगै कुकुलले एनसिएचएलका विभिन्न डिजिटल भुक्तानी प्रणालीमार्फत भुक्तानी संकलन तथा वितरण कार्य सुरु गरेको जनाएको छ। सम्झौतापत्रमा कुकुलका कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। सम्झौतापछि कुकुलको प्रणालीलाई राष्ट्रिय भुक्तानी अन्तरापृष्ठसँग जोडिएको छ, जसबाट तलब, आपूर्तिकर्ता भुक्तानी, राजस्व तथा विभिन्न कोषसम्बन्धी रकम सिधै बैंक खातामा जम्मा गर्न सकिनेछ। कुकुलले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सहज बनाउन डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।...
निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, समाचार, स्वस्थ्य
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरससम्बन्धी सम्भावित जनस्वास्थ्य जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। केही देशमा निपाह भाइरसका घटना देखिएको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयले आवश्यक सबै पूर्वतयारीका कदम चालिरहेको जनाएको छ। यसैक्रममा सबैलाई आतङ्कित नहुन, तर सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि छिमेकी मुलुकमा देखिएका घटनालाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाइएको मन्त्रालयको भनाइ छ। मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था र निकायलाई सचेत गराइसकेको र निपाह भा...
एशियामा तीव्र गतिमा फैलिँदै कोरोनाको नयाँ संक्रमण, भारतमा पनि देखियो, अवस्था चिन्ताजनक

एशियामा तीव्र गतिमा फैलिँदै कोरोनाको नयाँ संक्रमण, भारतमा पनि देखियो, अवस्था चिन्ताजनक

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्वस्थ्य
काठमाडौँ । एशियामा तीव्र गतिमा कोरोना १९ का नयाँ संक्रमणहरु फैलिरहेका छन् । अप्रिल २७ देखि मई ३ सम्मको एक हप्तामा सिंगापुरमा १४ हजार २ सय नयाँ संक्रमित भेटिएका छन् । सिंगापुरमा अघिल्लो हप्तामा ११ हजार १ सय संक्रमित भेटिएका थिए । सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार हाल एलएफ.७ र एनबी १.८ (जेएन.१ का सब–भेरियन्टहरू) त्यहाँ फैलिरहेका प्रमुख भेरियन्ट हुन् । अहिलेसम्म गरिएका जीनोम सिक्वेन्सिङमध्ये दुई तिहाइ केस यी भेरियन्टहरूका छन् । जेएन. १ त्यही भेरियन्ट पनि हो जसको प्रयोग हालको कोभिड–१९ खोपको निर्माणमा गरिएको थियो । विशेषज्ञहरूका अनुसार यसको तीव्र फैलावट चिन्ताजनक छ । त्यस्तै, थाईल्यान्ड, हङकङसँगै चीनमा पनि पछिल्लो सयम केही महिनामा कोरोना संक्रमणमा वृद्धिको दर देखिएको छ । भारतमा पनि केही मानिसमा कोरानाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्य विशेषज्ञहर...
धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु २३ घाइते

धादिङमा बस दुर्घटना, एक जनाको मृत्यु २३ घाइते

Breaking News 1, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा, स्वस्थ्य
धादिङ। धादिङमा यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र २३ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार सोमबार राति भक्तपुरबाट चितवनको देवघाट जाँदै गरेको बा ३ ख ८९२३ नम्बरको बस धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। बस आफै अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको निधन भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुर्‍याइएकामा उनको आइतबार राति नै उनको निधन भएको हो। दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ९ जनाको प्रहरी अस्पताल र  ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दोलखा घर भएका बस चालक जीतबहादुर मगरको भने साइबाबा अस्...
अछाममा करिब  १४ हजारबढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

अछाममा करिब १४ हजारबढी किशोरीहरुलाई एचपिभी खोप लगाइने

Breaking News 2, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वस्थ्य
अछाम। अछाममा करिब १४ हजार किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १३ हजार ९२१ जना किशोरीलाई खोप लगाइने भएको हो ।  माघ २२ गतेदेखि सञ्चालन गरिने खोप अभियानमा १६२ विद्यालय र ९७ स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएका छन् । विद्यालयमा रहेका खोप केन्द्रबाट १३ हजार ६१३ छात्रा र विद्यालय नजाने २४८ बालिकालाई खोप लाइने स्वास्थ्य कार्यालय अछामका प्रमुख दीपेन्द्र जोशीले जानकारी दिए। विद्यालयमा खोप पाउनेमध्येमा कक्षा ६ का दुई हजार ९७६ र कक्षा ७ देखि १० सम्मका १० हजार ६९७ छात्रा रहेका बताइएको छ । यस्तै विद्यालयबाहिर रहेका १० वर्ष उमेरका २० जना र ११ वर्षदेखि १४ वर्ष उमेरका २२८ जना रहेका जोशीको भनाइ छ ।  अछामका १० पालिकामध्ये सबैभन्दा बढी पञ्चदेवल  विनायक नगरपालिकामा एक हजार ६४८ र सबैभन्दा कम बान्नी...
सिकलसेलकाे औषधि निशुल्क वितरण गर्ने सरकारकाे तयारी

सिकलसेलकाे औषधि निशुल्क वितरण गर्ने सरकारकाे तयारी

Breaking News 1, ताजा अपडेट, सुदूरपश्चिम, स्वस्थ्य
धनगढी । थारू समुदायमा खेखिने सिकलसेल एनिमिया राेगकाे ओैषधि नेपाल सरकारले निशुल्क वितरण गर्ने तयारी गरेकाे छ । भारत सरकार संगकाे सहयाेगमा सरकारले सिकल सेलका बिरामीलाई निशुल्क ओैषधि वितरणकाे तयारी थालेकाे स्वनस्थ्य तथा जनसंख्या मन्ती प्रदीप पाैडेकाे भनाई छ । मन्त्री पाैडेलका अनुसार विश्वस्वास्थ्य संगठनको सहयोगामा भारतबाट औषधी ल्याउने सम्झौता भइसकेकाले सिकलसेलका विरामीलाई छिट्टै निशुल्क औषधी वितरण गरिने छ । ओैषधि निशुल्क वितरण गरेपछि विरामिलाई सहज अपेक्षा गरिएकाे मन्त्री पाैडेलकाे भनाई छ । सिकलसेल राेग जटिल प्रकृतिकाे भएका कारण सरकारले राेगिकाे उपचारका लागि देशभर छुट्टै व्यवस्था गर्न थालेकाे मन्त्री पाैडेलकाे भनाई छ । मन्त्री पौडेलले सेती प्रादेशिक अस्पतालमा पनि सिकलसेल एनिमिया रोगको उपचारका लागि छुट्टै वार्ड निर्माण गर्न निर्देशन दिएकन छन् । ५ देखि १० वेड सम्मको छुट्टै वार्ड निर्म...

रानीबारी उपभोक्ता समिति अन्तर्गतका महिला जागरण समुहका तिज कार्यक्रम सम्पन्न

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । रानीबारी उपभोक्ता समिति अन्तर्गतको उप-महिला जागरण महिला समुहको तिज विषेश शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण महि समुहद्धारा आयोजना गरिएको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा भेट्घाट कार्यक्रम शनिवार सम्पन्न गरेको हो । महिला समूहले हरितालिका तिज विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा शुभकामना आदनप्रदान गरेका हुन् । कार्यक्रममा समुहका सदस्यहरु, टोलका स्थानीयहरुको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिका वडा नं ३ को १ वडा एक नमुना ब्यवसायी योजना अन्तर्गत तालिम लिई ब्यवसायी सुरु गर्न लागेका दिदिबहिनीहरू समेतको सहभागितामा शनिबार लाजिम्पाटस्थित पानी पोखरी लप्सी गार्डनमा कार्यक्रम भएको थियो । कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म भएको थियो । कार्यक्रममा रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण र सम्र्बन्ध गर्नुको साथै महिलाहरूले पनि उद्यम गरेर रोजग...