पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः २१ जनाविरुद्ध मुद्दा दायर
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा तत्कालीन पर्यटन सचिवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियार स्रोतका अनुसार २१ जना व्यक्तिसहित दुई कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ।
यसअघि उक्त विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पहिलो मुद्दा दर्ता गर्दा अख्तियारले राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र थप मुद्दा छिट्टै दायर गरिने जनाएको थियो।
हाल मुद्दा दायर गरिएकाहरूबाट ४६ करोड १५ लाख ८४ हजार ४ सय ३४ रुपैयाँ बिगो दाबी गरिएको छ।...















