पाल्पामा टिपर दुर्घटना: मृतक संख्या ४ पुग्यो
तानसेन, पाल्पा — पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा बेलुकी करिब ६ बजे लु २ ख ४५२५ नम्बरको टिपर दुर्घटनामा परेको हो। झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको उक्त टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो।
यसअघि अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल वि.क. र रुपन्देहीको देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको उपचारका क्रममा मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
घाइते चार जनामध्ये तीन जनालाई ...















