सरकारी जग्गा खाली गराउने अभियान जारी, गोठाटार र मनोहरामा डोजर सञ्चालन
काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमयुक्त सार्वजनिक र सरकारी जग्गा खाली गराउने अभियान आज पनि निरन्तर अघि बढाइएको छ। सरकारले हिजो अधुरो रहेका संरचना हटाउने कामलाई तीव्रता दिँदै बिहानैदेखि टोली परिचालन गरेको हो।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार (बुद्धचोक) र वडा नं. ९ को मनोहरा क्षेत्रमा रहेका जोखिमपूर्ण बस्ती हटाउने कार्य सुरु गरिएको छ। डोजर प्रयोग गरी असुरक्षित संरचनाहरू हटाउने क्रम जारी रहेको छ।
बस्ती हटाउनुअघि स्थानीयवासीका सरसामान सुरक्षित रूपमा निकाल्न र स्थानान्तरण गर्न सुरक्षाकर्मीले सहयोग गरेका छन्। सम्बन्धित क्षेत्रका संरचना हटाइसकेपछि बाँकी रहेका काठमाडौँ महानगरपालिका वडा नं. ९ (गैरीगाउँ) र वडा नं. ३१ (शान्तिनगर) का नदी किनारका बस्तीहरू पनि खाली गरिने जनाइएको छ।
यसअघि काठमाडौँ महानगरपालिका वडा नं. ११ स्थित थापाथली क्षेत्रमा रहेको सरकारी जग्गा शा...















