भालुवाङमा ‘किचन मार्ट’ सञ्चालनमा: मोहन इलेक्ट्रिक सेन्टरको नयाँ शाखा
Breaking News 1, Breaking News 2, अर्थ, आजको विशेष, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, बागमती, लुम्बिनी
भालुवाङमा ‘किचन मार्ट’ सञ्चालनमा: मोहन इलेक्ट्रिक सेन्टरको नयाँ शाखा
भालुवाङ, प्युठान । मोहन इलेक्ट्रिक सेन्टरको नयाँ शाखा ‘किचन मार्ट’ भालुवाङ पुलचोक, प्युठान जाने सडकमा औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्घाटन समारोह राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले गर्नु भएको थियो।
उद्घाटन कार्यक्रममा स्थानीय व्यापारी, व्यवसायी, पत्रकार र समाजसेवीको उल्लेखनीय उपस्थिति रहेको थियो।
शाखा सञ्चालनकर्ता मोहन आचार्य का अनुसार नयाँ शाखामा किचनमा आवश्यक पर्ने आधुनिक सामग्रीदेखि विभिन्न प्रकारका इलेक्ट्रिक सामानसम्म एकै ठाउँमा उपलब्ध गराइनेछ। उनले ग्राहकको सुविधा र आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले शाखा खोलेको जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष सुरज खड्काले स्थानीय बजारमा गुणस्तरीय सेवा विस्तार हुनु सकारात्मक रहेको उल्लेख गर्दै यस पहलले उपभ...







