मधेस प्रदेश

२१८ किलो गाँजासहित ट्रयाक्टर नियन्त्रणमा

२१८ किलो गाँजासहित ट्रयाक्टर नियन्त्रणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुरक्षा
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ स्थित पशु बजारबाट सशस्त्र प्रहरी बलको टोलीले २१८ किलो गाँजासहित एक ट्रयाक्टर नियन्त्रणमा लिएको छ। सुपौलिबाट जगरनाथपुरतर्फ जाँदै गरेको मे १ त ५७१४ नम्बरको ट्रयाक्टरमा परालले छोपेर ल्याइँदै गरेको २२ वटा पोकामा रहेको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले बरामद गरेको हो। गाँजा ल्याउने व्यक्ति तथा ट्रयाक्टर चालक गस्तीमा रहेका सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ ट्रयाक्टर र गाँजा सोही स्थानमा छाडेर फरार भएका थिए। बरामद गाँजा र ट्रयाक्टर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।...
सर्लाही–४ बसबरियामा मतदान सुरु भएलगत्तै हुलदंगा, केही समय तनावग्रस्त

सर्लाही–४ बसबरियामा मतदान सुरु भएलगत्तै हुलदंगा, केही समय तनावग्रस्त

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
सर्लाही–४ अन्तर्गत पर्ने बसबरिया गाउँपालिका–३ भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान सुरु भएसँगै विवाद उत्पन्न भएको छ। मत खसाल्ने प्रक्रिया प्रारम्भ हुनासाथ मतदाताबीच सामान्य भनाभन चर्किँदै झडपमा परिणत भएको हो। घटनापछि मतदान केन्द्र आसपास केही समय तनावको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको र अवस्था सामान्य बनाउन प्रयास गरिएको जनाइएको छ। विवादका कारण केहीबेर मतदान प्रक्रिया प्रभावित भए पनि पछि पुनः सुचारु गरिएको बताइएको छ।...
पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बडनिहार क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडी रोकी उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले गाडीभित्र केही शंकास्पद सामग्री बरामद भएको जनाएको छ। घटनापछि सुरक्षा सतर्कता बढाउँदै उक्त क्षेत्रलाई अस्थायी रूपमा घेराबन्दी गरिएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ। यसअघि सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पनि मौन अवधिमा नगदसहित पक्राउ परेका थिए। निर्वाचन नजिकिँदै गर्दा विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।...
नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा

नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेटको फाइनलमा

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, समाचार
१५ फागुन, काठमाडौं।नेपाल पुलिस क्लब जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई पराजित गर्दै पुलिसले उपाधि यात्रा तय गरेको हो। बागमतीले दोस्रो इनिङमा दिएको ८९ रनको लक्ष्य पुलिसले तेस्रो सत्रमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो। पुलिसका लागि सोहेल कुँवरले अविजित ३५ रन बनाए। शंकर रानाले २७ रन जोडे भने करण केसी २५ रनमा अविजित रहे। बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए। यसअघि, पुलिसले पहिलो इनिङमा बनाएको १४९ रनको अग्रता पछ्याउँदै बागमती दोस्रो इनिङमा २३७ रनमै अलआउट भयो। इशान पाण्डेले सर्वाधिक ८० रन बनाए भने बिबेक मगरले ४५ रन जोडे। सूर्य तामाङ ३० रनमा अविजित रहे। पुलिसका ललित राजवंशीले २६.२ ओभरमा ८४ रन खर्चेर ५ विकेट लिए। राशिद खानले ३ तथा करण केसीले १ विकेट हात पारे। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बा...
ऋषि धमलाको प्रतिबद्धता पत्र सार्वजनिक, रौतहट–४ मा “हरघर मिले रोजगार” मुख्य नारा

ऋषि धमलाको प्रतिबद्धता पत्र सार्वजनिक, रौतहट–४ मा “हरघर मिले रोजगार” मुख्य नारा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, विचार, समाचार
आम जनता पार्टीका तर्फबाट रौतहट जिल्ला क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार ऋषि धमलाले आफ्नो निर्वाचन क्षेत्रका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। “हरघर मिले रोजगार” मूल नारासहित उनले समग्र विकासको खाका अघि सारेका हुन्। तीन दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय धमलाले “रौतहट–४ को उन्नति र प्रगति नै मेरो सपना” उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र खेलकुदलाई प्राथमिकतामा राखेका छन्। गरिबीका कारण कुनै विद्यार्थीले पढाइ छोड्न नपरोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र जेहेन्दार तथा विपन्न विद्यार्थीलाई विशेष सहुलियत उपलब्ध गराउने योजना उनले प्रस्तुत गरेका छन्। मुस्लिम विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाइएको छ। कृषि क्षेत्र सुदृढीकरणतर्फ उनले जिल्लाका चिनी उद्योगसँग समन्वय गरी उखु किसानलाई उचित मूल्य सुनिश्चि...
पर्सा क्षेत्र नं.२मा अशोक कुमार टेमानीको भब्य घरदैलो अभियान

पर्सा क्षेत्र नं.२मा अशोक कुमार टेमानीको भब्य घरदैलो अभियान

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
रामजी यादव पर्सा, फागुन १३ – पर्सा क्षेत्र नं.२बाट जनता समाजबादी पार्टी नेपालका उम्मेदवार अशोक कुमार टेमानीलाई बिन्दवासनीका जनताले भब्य स्वागत गरेका छन्। उहाँले आफ्नो चुनावी घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राख्दै जनता भेटघाट र प्रत्यक्ष संवादमार्फत जनताको दु:ख–सुख, समस्या र आवश्यकता बुझ्नुभएको छ। टेमानीले जनताको समस्या आफ्नो समस्या भएको बताउँदै अभियानलाई तीव्र बनाएको जानकारी दिनुभयो। उहाँले युवापुस्तासँग माया आदानप्रदान गर्दै वृद्धजन तथा ज्येष्ठ नागरिकबाट आशीर्वाद लिएका छन् र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। घरदैलो कार्यक्रममा जसपा नेपाल क्षेत्र नं.२का केन्द्रीय सदस्य करिमा बेगम, केन्द्रीय रेखा साह, वडानं.१९ बिन्दवासनीका पूर्व वडाध्यक्ष संतोष तिवारी, युवा नेता प्रमोद यादव, केदार गुप्ता, शिक्षक प्रभु यादव, मनोज यादव लगा...
जंगली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, धपाउन वा मार्न पाइने

जंगली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, धपाउन वा मार्न पाइने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्‍याउँदै आएको जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ। Ministry of Forests and Environmentले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ बमोजिम उक्त निर्णय गरेको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार अब किसानले आफ्नो निजी खेत, खला वा बारीमा पसेर क्षति पुर्‍याउने (सानो जातको बँदेल बाहेक) जंगली बँदेललाई बिना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्नेछन्। तर यो व्यवस्था निश्चित सर्तसहित लागू गरिएको छ। बँदेलले वास्तविक रूपमा बालीनाली वा धनजनमा क्षति पुर्‍याएको अवस्थामा मात्र किसानले व्यक्तिगत वा सामूहिक रूपमा नियन्त्रण गर्न पाउनेछन्। यदि बँदेल जिउँदै समातिएमा नजिकको राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा डिभिजन वन कार्यालयमा बुझाउनुपर्नेछ। साथै, घटनाबारे सम्बन्धित...
रौतहटको गौरमा दुई घण्टाका लागि कर्फ्यूमा आंशिक सहुलियत

रौतहटको गौरमा दुई घण्टाका लागि कर्फ्यूमा आंशिक सहुलियत

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
गौर — रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादपछि लगाइएको कर्फ्यू आदेश आइतबार बिहान दुई घण्टाका लागि खुकुलो पारिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु खरिद तथा अत्यावश्यक कार्य सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले कर्फ्यूमा अस्थायी सहुलियत दिइएको हो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनाअनुसार आइतबार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यू खुकुलो पारिएको थियो। तर बिहान ८ः३० बजेपछि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू पुनः यथावत् रहने प्रशासनले स्पष्ट पारेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९क) बमोजिम जारी आदेशको उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। बिहान ८ः३० बजेपछि घरबाहिर निस्कन, हिँडडुल गर्न तथा सवारी साधन सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। कर्फ्यू प्रभावित क्षेत्रमा सभा, जुलुस, घेराउ ...
रोटरी क्लब वीरगञ्जद्वारा रक्तदान कार्यक्रम, ३ महिलासहित ४९ जनाले गरे रक्तदान

रोटरी क्लब वीरगञ्जद्वारा रक्तदान कार्यक्रम, ३ महिलासहित ४९ जनाले गरे रक्तदान

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, मधेस प्रदेश, समाचार, स्वस्थ्य
रामजी यादव९ फागुन, वीरगञ्ज (पर्सा) रोटरी क्लब वीरगञ्ज र रोटरी क्लब मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान नै जीवनदान हो” भन्ने नारासहित आयोजित कार्यक्रममा ३ महिलासहित ४९ जनाले रक्तदान गरेका छन्। रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको जानकारी प्राप्त भएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत छोटो समयमै कार्यक्रम आयोजना गरिएको मेट्रोपोलिसका अध्यक्ष संजय जोशीले बताए। कार्यक्रममा विभिन्न क्षेत्रका युवा, महिला तथा अग्रजहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले रक्तदानले कसैको ज्यान बचाउन सकिने भएकाले प्रत्येक सक्षम व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले रक्तदातालाई मानवताको सच्चा दूतको संज्ञा दिँदै आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए। वीरगञ्जस्थित माईस्थान पार्कमा सम्...
रौतहटको गौरमा सुरक्षा कडाइ, १८ जना नियन्त्रणमा

रौतहटको गौरमा सुरक्षा कडाइ, १८ जना नियन्त्रणमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
रौतहट — गौरमा देखिएको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। प्रशासनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा खटिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवका अनुसार शान्ति–सुरक्षा कायम गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनामा संलग्न रहेको आशंकामा हालसम्म १८ जनालाई नियन्त्रणमा लिइएको उनले बताए। दुई समुदायबीच संवादमार्फत समाधान खोज्न पहल भइरहेको जनाउँदै प्रशासनले स्थिति सामान्य बनाउन प्रयास जारी रहेको जानकारी दिएको छ। घटनालाई उक्साउने व्यक्तिहरूलाई निगरानीमा राखिएको र आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी पनि प्रशासनले दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै सर्वसाधारणलाई संयमित र शान्त रहन प्रशासनले आग्रह गरेको छ।...