रक्सौल–नेपाल सीमा क्षेत्रमा नक्कली भारतीय मुद्रा तस्करीको भण्डाफोर, दुई नेपाली पक्राउ
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश
रक्सौल–नेपाल सीमा क्षेत्रमा नक्कली भारतीय मुद्रा तस्करीको भण्डाफोर, दुई नेपाली पक्राउ
रक्सौल (पू.च.) – भारत–नेपाल सीमा नजिक सक्रिय अन्तर्राष्ट्रिय नक्कली भारतीय मुद्रा तस्करी गिरोहको भण्डाफोर भएको छ। मोतिहारी प्रहरी मुख्यालयअन्तर्गतको विशेष कार्यबल (एसटीएफ) ले शनिबार ठूलो कारबाही गर्दै गिरोहसँग सम्बन्धित दुई नेपाली तस्करलाई पक्राउ गरेको छ।
सीमावर्ती पनटोका पञ्चायत क्षेत्र, बार्डर पिलर नम्बर ३९३ नजिकको ग्रामीण बाटोबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। यसबारे जानकारी दिँदै प्रहरी अधीक्षक स्वर्ण प्रभातले घटनाको पुष्टि गरेका छन्।
भौगोलिक समन्वय अन्तर्गत बिहार एसटीएफ, पूर्वी चम्पारण जिल्ला प्रहरी र एसएसबीले संयुक्त छापामारी गरेको थियो। सो क्रममा नेपालका मकवानपुर निवासी तिलक बहादुर थापा (पिता–स्व. रामबहादुर थापा) र नवलपरासी जिल्ला, पिपरासी थाना क्षेत्रका सरोज कुमारी महतो (पिता–स्व. जगन्नाथ महत...








