मधेस प्रदेश

जनमत पार्टी पर्सा क्षेत्र नं. २को घरदैलो कार्यक्रम सम्पन्न

जनमत पार्टी पर्सा क्षेत्र नं. २को घरदैलो कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, राजनीति, समाचार
रामजी यादव, २२ माघ, बीरगंज, पर्सा – जनमत पार्टी पर्सा क्षेत्र नं. २को घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बहुदरमाई नगरपालिका वडानं. २ र ३ का मतदातासँग पार्टीका उम्मेदवार श्याम गुप्ताले आफ्ना कार्यकर्तासँगै भेटघाट गरेका हुन्। उक्त कार्यक्रम पिपरा, नगरदाहा र पदमौल टोलमा घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरी पार्टीको अजेन्डा र योजनाबारे जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको थियो। उम्मेदवार श्याम गुप्ता र पार्टीका कार्यकर्ताले मतदातासँग छलफल गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारलाई भारी मतले विजयी गराउन समर्थन मागेका थिए। घरदैलो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरू अनिता रौनियार, राजनारायण मिश्रा, पुनम चौधरी र नेतृ सन्तोषी महतो लगायतको उपस्थिती रहेको थियो।...
पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन

पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, मधेस प्रदेश, समाचार
पोखरिया बजारमा जनमत पार्टीको क्षेत्रीय जनसम्पर्क कार्यालय उद्घाटन पर्सा, २१ माघ । जनमत पार्टी पर्सा क्षेत्र नम्बर–३ को क्षेत्रीय जनसम्पर्क कार्यालय पोखरिया बजारमा उद्घाटन गरिएको छ। जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन आज आयोजित कार्यक्रममा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टी पर्साका जिल्ला इन्चार्ज माधव सिंह तथा विशिष्ट अतिथि ओमप्रकाश श्राफले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए। सो अवसरमा जनमत पार्टीकी केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदकी प्रत्याशी मालती कुशवाहाले जनताको समस्या, भावना र आवश्यकतालाई नजिकबाट बुझ्न तथा सहज रूपमा सम्पर्क कायम गर्न कार्यालय स्थापना गरिएको बताइन्। उनले जनताको सेवामा समर्पित हुँदै क्षेत्रका विकास र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको...
कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन

कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
कोहलपुरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन कोहलपुर ।युनाइटेड किङडमको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (UK FCDO) को सहयोगमा ईलाका प्रहरी कार्यालय, कोहलपुर परिसरमा नव–निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ। संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय (UNOPS) मार्फत योजना कार्यान्वयन भई निर्माण सम्पन्न उक्त भवनको उद्घाटन प्रहरी महानिरीक्षक (प्र.म.नि.) दान बहादुर कार्कीले गर्नुभयो। उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा केन्द्रले पीडितमैत्री वातावरणमा सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मानव अधिकारमैत्री र संवेदनशील सेवा प्रवाहमा नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। नव–निर्मित सेवा केन्द्रबाट घरेलु हिंसा, लैङ्ग...
रक्सौल–नेपाल सीमा क्षेत्रमा नक्कली भारतीय मुद्रा तस्करीको भण्डाफोर, दुई नेपाली पक्राउ

रक्सौल–नेपाल सीमा क्षेत्रमा नक्कली भारतीय मुद्रा तस्करीको भण्डाफोर, दुई नेपाली पक्राउ

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मधेस प्रदेश
रक्सौल–नेपाल सीमा क्षेत्रमा नक्कली भारतीय मुद्रा तस्करीको भण्डाफोर, दुई नेपाली पक्राउ रक्सौल (पू.च.) – भारत–नेपाल सीमा नजिक सक्रिय अन्तर्राष्ट्रिय नक्कली भारतीय मुद्रा तस्करी गिरोहको भण्डाफोर भएको छ। मोतिहारी प्रहरी मुख्यालयअन्तर्गतको विशेष कार्यबल (एसटीएफ) ले शनिबार ठूलो कारबाही गर्दै गिरोहसँग सम्बन्धित दुई नेपाली तस्करलाई पक्राउ गरेको छ। सीमावर्ती पनटोका पञ्चायत क्षेत्र, बार्डर पिलर नम्बर ३९३ नजिकको ग्रामीण बाटोबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। यसबारे जानकारी दिँदै प्रहरी अधीक्षक स्वर्ण प्रभातले घटनाको पुष्टि गरेका छन्। भौगोलिक समन्वय अन्तर्गत बिहार एसटीएफ, पूर्वी चम्पारण जिल्ला प्रहरी र एसएसबीले संयुक्त छापामारी गरेको थियो। सो क्रममा नेपालका मकवानपुर निवासी तिलक बहादुर थापा (पिता–स्व. रामबहादुर थापा) र नवलपरासी जिल्ला, पिपरासी थाना क्षेत्रका सरोज कुमारी महतो (पिता–स्व. जगन्नाथ महत...
ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
भोजपुर।  भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।...
सरस्वती मूर्ति सेलाउने क्रममा २२ वर्षीय युवकको डुबेर मृत्यु

सरस्वती मूर्ति सेलाउने क्रममा २२ वर्षीय युवकको डुबेर मृत्यु

Breaking News 2, ताजा अपडेट, मधेस प्रदेश, समाचार
सरस्वती मूर्ति सेलाउने क्रममा २२ वर्षीय युवकको डुबेर मृत्यु।रौतहटमा सरस्वती मूर्ति विसर्जन गर्ने क्रममा २२ वर्षीय सुरज यादव बाग्मती नदीमा डुबेर बेपत्ता भएका थिए। मंगलबारदेखि जारी खोजीपछि आज बिहान उनकाे शव फेला परेको छ। शव माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो र पोस्टमार्टमपछि परिवारको जिम्मामा दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।...

रानीबारी उपभोक्ता समिति अन्तर्गतका महिला जागरण समुहका तिज कार्यक्रम सम्पन्न

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । रानीबारी उपभोक्ता समिति अन्तर्गतको उप-महिला जागरण महिला समुहको तिज विषेश शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण महि समुहद्धारा आयोजना गरिएको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान तथा भेट्घाट कार्यक्रम शनिवार सम्पन्न गरेको हो । महिला समूहले हरितालिका तिज विशेष कार्यक्रम आयोजना गरी भेटघाट तथा शुभकामना आदनप्रदान गरेका हुन् । कार्यक्रममा समुहका सदस्यहरु, टोलका स्थानीयहरुको सहभागिता रहेको थियो । काठमाडौं महानगरपालिका वडा नं ३ को १ वडा एक नमुना ब्यवसायी योजना अन्तर्गत तालिम लिई ब्यवसायी सुरु गर्न लागेका दिदिबहिनीहरू समेतको सहभागितामा शनिबार लाजिम्पाटस्थित पानी पोखरी लप्सी गार्डनमा कार्यक्रम भएको थियो । कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म भएको थियो । कार्यक्रममा रितिरिवाज, परम्परा, धर्म संस्कृतिको संरक्षण र सम्र्बन्ध गर्नुको साथै महिलाहरूले पनि उद्यम गरेर रोजग...

कास्कीको गुरुङ सम्पदा पदमार्गको संञ्चार मन्त्री गुरुङद्धारा औपचारिक शुभारम्भ

Breaking News 1, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ ७, काठमाडौं । गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको छ । गुरुङ पर्यटन व्यवसायी संघ नेपालले भदौ ७ गते शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी गुरुङ सम्पदा पर्यटन पदमार्गको औपचारिक शुभारम्भ गरिएको हो । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटीन)द्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्त एवं सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, पर्यटन तथा पर्वतारोहण विभागका निर्देशक राकेश गुरुङ सहभागी रहनुभएको थियो । कार्यक्रममा जिटीनका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, पुर्वअध्यक्ष्यद्धय अम्बिर गुरुङ, कमला गुरुङ, नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष जगत पाण्डे, नेपाल उद्योग व्यवसाय संघका महासचिव इश्वर बहादुर गुरुङ, गुरुङ राष्ट्रिय परिषद्का बरिष्ठ उपाध्...

साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
भदौ २, काठमाडौँ । काठमाडौंमा सुरु भएको साफ यू-२० च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालका लागि निराजन धामीले २४ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता जितमा परिणत भएको हो । यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । नेपालले पहिलो जितसँगै तीन अंक जोडेको छ भने श्रीलंका शून्य अंकमा रहेको छ । नेपालले अब बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ । प्रतियोगिता अन्तर्गत को भोली हुने समूह बी का खेलमा डिफेन्डिङ च्याम्पियन भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा पाकिस्त...

माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

Breaking News 1, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
बैशाख २३ काठमाडौं । माउन्टेन मल्टिपल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रविन कुमार बलले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् । उच्च शिक्षा हासिल गर्नका लागि जापान जान लागेका ३३ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै शनिबार मध्यपुरथिमिको गट्ठाघर स्थित ‘जर्मन होम हस्पिटालिटी’ मा कार्यक्रमको आयोजना गरिएको हो । स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा देब घिसिङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । अतिथिहरु बबरमान तामाङ, राजेन्द्र कुमार मोक्तान, श्याम लाल योञ्जन, हिरा लाल दोङ्ग, अभय मोक्तान, सुमन कुमार मोक्तान लगाएत पत्रकार सहित जापान जाने विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी बधाई तथा विदाई गरिएको थियो । माउन्टेन मल्टिपल कन्सल्टेन्सी भक्तपुर र चाबहिल शाखाबाट आवेदन दिएका शत प्रतिशत विद्या...