लिपुलेकसम्म सडक विस्तार गर्दै भारत, मानसरोवर यात्रामा नेपालको मार्ग विस्थापित हुने संकेत
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, विचार, समाचार, सुदूरपश्चिम
काठमाडौं । भारतले लिपुलेकसम्म सडक विस्तारलाई तीव्रता दिँदै मानसरोवर यात्राका लागि नेपालको मार्ग प्रयोग नगर्ने तयारी अघि बढाएको छ।
सोमबार भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनमा आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री Narendra Modi ले दिल्ली–देहरादून एक्सप्रेसवे उद्घाटन गरेका थिए। करिब १२ हजार करोड भारतीय रुपैयाँ लागतको उक्त परियोजनाको उद्घाटन समारोहमा भारतीय सडक परिवहन तथा राजमार्गमन्त्री Nitin Gadkari ले महत्वपूर्ण धारणा व्यक्त गरे।
उनले भारत सरकारले मानसरोवरसम्म सिधा सडक पहुँच विस्तार गर्ने लक्ष्यसहित काम गरिरहेको बताउँदै अब भारतीय पर्यटकले नेपाल हुँदै यात्रा गर्नुपर्ने बाध्यता हट्ने उल्लेख गरे।
‘मानसरोवरप्रति हाम्रो गहिरो आस्था छ,’ मन्त्री गडकरीले भने, ‘हाल नेपाल हुँदै यात्रा गर्नुपर्ने अवस्था छ, तर अब त्यो आवश्यक नपर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ।’
उनका अनुसार करिब ५ ह...















