राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई हार्दिक बधाई दिएका छन्।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहणपछि लामिछानेले प्रधानमन्त्री शाहलाई अँगालो हाल्दै बधाई व्यक्त गरेका हुन्।
यसैगरी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई ले पनि प्रधानमन्त्री शाहलाई बधाई दिएका छन्।...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। उनले आज मध्याह्न १२:३४ बजे शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
बालेन नेतृत्वको सरकारमा को–को मन्त्री बन्ने भन्ने विषयमा अझै पूर्ण रूपमा स्पष्ट भइसकेको छैन। बिहीबार बसेको केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेले मन्त्रीहरू योग्यताको आधारमा छनोट गरिने बताएका थिए। उनले सबै केन्द्रीय सदस्य तथा सांसदहरूलाई नेतृत्वमाथि विश्वास गर्न पनि आग्रह गरेका थिए। यस कारण धेरै सांसदहरू अझै अन्योलमा देखिएका छन्।
प्रधानमन्त्री बन्न लागेका बालेन शाहले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिरहेका छन्। मन्त्रालयको संख्या घटाएर मन्त्रिपरिषद् बनाउने विषयमा समेत छलफल भइरहेको छ। तर, कति मन्त्रालय रहने भन्ने विषय अझै सार्वजनिक गरिएको छैन।
आज बि...
धनगढी । धनगढी क्षेत्रमा मठ–मन्दिरको संरक्षण तथा शान्ति–सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सक्रिय रूपमा खटिँदै आएका छन्। धार्मिक क्षेत्रप्रति संवेदनशीलता र जनताको सुरक्षामा देखिएको दृढताका कारण उहाँप्रति स्थानीय स्तरमा सकारात्मक धारणा विकसित हुँदै गएको छ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले लामो समयदेखि आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्दै आएका छन्। उहाँको कार्यशैलीमा स्पष्टता, अनुशासन र जनउत्तरदायित्व देखिने भएकाले छोटो समयमै सर्वसाधारणको विश्वास जित्न सफल भएको स्थानीयहरू बताउँछन्।
यसैबीच, कुमार भट्टराई सँग भएको भेटघाटका क्रममा धार्मिक क्षेत्रको संरक्षण, शान्ति–सुरक्षा व्यवस्थापन तथा जनताले भोगिरहेका समस्याबारे विस्तृत छलफल भएको थियो। उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी रेग्मीले धर्मगुरुहरूको भूमिका, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा ...
काठमाडौँ। देशभरका अदालतमा करिब डेढ लाख मुद्दा अझै छिन्न बाँकी रहेका छन्। सर्वोच्च अदालत लगायत विभिन्न तहका अदालतमा हाल १ लाख ४९ हजार ५६० थान मुद्दा विचाराधीन अवस्थामा रहेका हुन्।
संविधानको धारा १३८ बमोजिम रामचन्द्र पौडेल समक्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बुधबार प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमा देशभरको न्यायिक अवस्थाबारे विस्तृत विवरण समेटिएको छ।
प्रतिवेदनअनुसार फैसला कार्यान्वयन पक्ष निकै कमजोर देखिएको छ। अदालतबाट फैसला भइसकेका मुद्दामा संलग्न व्यक्तिहरूले आदेश अटेर गर्दा कैद तथा जरिवाना दुवै असुल हुन नसकेको अवस्था छ। हालसम्म १ लाख २१ हजार १५६ वर्ष बराबरको कैद कार्यान्वयन हुन बाँकी रहेको छ भने जरिवानातर्फ ३१ अर्ब ८३ करोड ९४ लाख रुपैयाँ असुल हुन बाँकी छ।
यसैबीच २३ र २४ भदौमा भएको जेनजी आन्दोलन पछि देशभरका २२ वटा अदालतमा आगजनी...
११ चैत, काठमाडौं। अखिल नेपाल सुकुमबासी संघले सुकुमबासी बस्तीहरूमा डोजर प्रयोग गरेर आतंक सिर्जना नगर्न सरकारसँग माग गरेको छ।
संघले बुधबार पत्रकार सम्मेलन गर्दै सुकुमबासी बस्तीहरूमा डोजर चलाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेको हो।
संघका अनुसार सरकारले कानुनी रूपमा भूमिहीन तथा अव्यवस्थित सुकुमबासी समस्याको समाधान गर्नुपर्नेमा उल्टै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका बस्तीहरूमा डोजर चलाएर त्रास फैलाएको आरोप लगाएको छ।
अखिल नेपाल सुकुमबासी संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका–७ धापासीस्थित सुकुमबासी बस्तीका १८ घरमा चैत ९ गते डोजर चलाइएको जानकारी दिए। उनका अनुसार यसअघि काठमाडौंको सिफल र भक्तपुरका सुकुमबासी बस्तीहरूमा पनि डोजर प्रयोग गरिएको थियो।
उनले वर्तमान सरकारलाई निर्वाचनबाहेक अन्य काम गर्ने अधिकार नभएको उल्लेख गर्दै सुकुमबासी बस्तीमा डोजर चलाउनुको आवश...
भैरहवा – नेपाली आतिथ्य र रैथाने स्वादलाई ब्रान्डको रूपमा स्थापित गर्दै आएको होटल पौवा आफ्नो स्थापना भएको एक दशक पूरा गर्दै नयाँ लक्ष्यसहित अगाडि बढेको छ। ‘बालापन’को रूपमा पहिलो दशकलाई व्याख्या गरेको पौवाले अबको दस वर्षभित्र देशभर एक सय शाखा विस्तार गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
दशक पूरा भएको अवसरमा होटलले चैत महिनाको अन्तिम सातादेखि आफ्ना सबै शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने तयारी गरेको छ। यो उत्सव केवल परिकारको स्वादमा सीमित नभई नेपाली संस्कृतिको झल्को दिने माध्यमका रूपमा प्रस्तुत गरिने बताइएको छ।
हालसम्म पौवाले रुपन्देहीको बुटवल, भैरहवा, सालझण्डी, कपिलवस्तुको गोरुसिङ्गे, बाँकेको नेपालगन्जदेखि कर्णालीका जुम्ला र सुर्खेतसम्म, साथै काठमाडौं, पोखरा, जनकपुर, धनगढी, तानसेन, कालिन्चोक लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यमा गरी १९ शाखा विस्तार गरिसकेको जनाएको छ।
ह...
वीरगञ्ज भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा इन्धन आयातमा वृद्धि भएको देखिएको छ।
यस अवधिमा पेट्रोलियम पदार्थ आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी, ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ।
यस्तै, २५ अर्ब ३० करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल तथा २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ।...
नयाँदिल्ली। निष्क्रिय इच्छामृत्युको अनुमति प्राप्त गर्ने भारतका पहिलो व्यक्ति हरिश राणाको मंगलबार दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ।
११ मार्चमा सर्वोच्च अदालतले हरिशलाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो।
पीटीआईका अनुसार ३१ वर्षीय हरिश सन् २०१३ देखि कोमामा थिए। उनलाई १४ मार्चमा गाजियाबादस्थित आफ्नै घरबाट एम्सको डा. बीआर अम्बेडकर इन्स्टिच्युट रोटरी क्यान्सर अस्पतालको प्यालिएटिभ केयर युनिटमा सारिएको थियो।
हरिश पञ्जाब विश्वविद्यालयमा बीटेक अध्ययनरत विद्यार्थी थिए। सन् २०१३ मा चौथो तल्लाको बाल्कोनीबाट लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। त्यसयता उनी कोमामा थिए। उनलाई कृत्रिम पोषण र कहिलेकाहीँ अक्सिजनसमेत दिइँदै आएको थियो।...
नेपालमा Toyota गाडीको बिक्री बर्सेनी बढ्दै गएको छ। नेपालका लागि टोयोटा ब्रान्डको आधिकारिक बिक्रेता United Traders Syndicate ले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै १८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सो अवधिमा ३ अर्ब ३९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ। गत आर्थिक वर्ष (सन् २०२५) मा कम्पनीले ५ अर्ब ५० करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२४ मा ३ अर्ब २४ करोड रुपैयाँको व्यापार भएको थियो। व्यापारमा निरन्तर वृद्धि देखिएकाले चालु वर्षमा पनि उच्च वृद्धि हुने अपेक्षा गरिएको छ।
प्यासेन्जर तथा कमर्सियल दुवै प्रकारका सवारी साधनको माग बढ्दा कम्पनीको व्यापार विस्तार भएको हो। गत आर्थिक वर्षमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने सन् २०२४ मा ७ करोड ४० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।
कम्पनीको कुल ऋण गत वर्ष १ अर्ब ४९ करोड ८० लाख रुपैयाँ रह...
उपराष्ट्रपति रामसहायप्रसाद यादव र बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानबीच भेटवार्ता भएको छ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा शुभकामना आदान–प्रदानका साथै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।
उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् र सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै, सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताए। उनले बङ्गलादेशसँगको सम्बन्ध नेपालले उच्च महत्त्व दिएको पनि बताए।
उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना व्यक्त गरे। साथै नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै, दुवै देशका सरकारबीच सहकार्य ...